स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
८ जेठ, चौतारा ।
नेपालको उत्तरी नाकाको सबेैभन्दा ठुलो ढुवानी कम्पनी सिल्क ट्रान्सपोर्टले सिन्धुपाल्चोकको लागि १०० थान अक्सिजन सिलिन्डर सहित विभिन्न सामाग्री सहयोग गरेको छ । कोरोना रोकथामका लागि सिल्कले करिब साढे तीन सय थान मास्क, अक्सिजनसहित स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
सिल्क ग्रुपले तीन लाख थान सर्जिकल मास्क, चालीस हजार थान के एन नाइन्टिफाइभ मास्क, एक सय ५० थान एन्फारेड थर्माेगन, एक लिटर वाला सेनिटाइजर एक हजार थान, फेस सिल्ड एक हजार थान, १० लिटर अक्सिजन ७० थान र ४० लिटर जाने अक्सिजन ३० थान प्रदान गरेको हो । आज शनिबार सिल्कका अध्यक्ष रमेश शेर्पाले पूर्व मन्त्रीद्धय मोहनबहादुर बस्नेत र शेरबहादुर तामाङलाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।
मन्त्रीद्धयले सिल्कबाट प्राप्त स्वास्थ्य सामग्री जिल्ला कोरभिड १९ संकट व्यवस्थापन समितिलाई बुझाएको छ । सिल्क ग्रुपका अध्यक्ष शेर्पाले सिन्धुपाल्चोकलाई कोरोनामुक्त बनाउने अभियान अन्तर्गत सो सामग्री सहयोग गरिएको बताए । ‘कोरोनालाई परास्त गर्न मास्क अनिवार्य छ, यी मास्क सबै सिन्धुवासीसामू पुर्याउन सके कोरोना महामारी न्यूनीकरणमा सघाउ हुनेछ,’ उनले भने, ‘पछि आवश्यकता परेको अबस्थामा फेरि सिल्कले सहयोग गर्नेछ ।’
जिल्ला कोरोना संकट व्यवस्थापन समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले यो सामग्रीले धेरै सहयोग पुग्ने बताए । ‘हामी आवश्यक परेको ठाउँमा यी स्वास्थ्य सामग्री पठाउँनेछौं,’ उनले भने, ‘सामग्री स्टोरेज हुनेछैन ।’
सामग्री बुझ्दै समितिका सल्ल्हाकार एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले सिल्कबाट प्राप्त भएको सामग्रीले सिन्धुवासीलाई राहत पुग्ने बताए । ‘स्वास्थ्य सामग्रीको अभाव हुने संकेत भइरहेको बेला संक्रमण भएमा आफैलाई प्रयोग गगर्न पनि नपाउने चिन्ता थियो,’ उनले भने, ‘अब सिन्धुवासीका लागि यो चिन्ता हराएको छ ।’
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।