स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
विशाल श्रेष्ठ
१२ जेठ, चौतारा ।
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउपलिका-९ का युवाहरुले सहयोग संकलन गरि वडामा स्वास्थ सामाग्री वितरण गरेका छन् । ‘हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने’ भन्दै युवाहरूको बेड, थर्मल गन, मास्क, सेनिटाइजर, साबुन लगाएतका सामाग्री वितरण गरेका हुन् ।
छोटो समयको लागि अभियान आर्थिक संकलन अभियान सञ्चालन गरि जम्मा भएको १ लाख चालिस हजार रुपैयाँबाट ती सामाग्री खरिद गरि वितरण गरिएको हो । सो सामाग्री वडाध्यक्ष्य बाबुराम लामा एवम् स्थानीय समाजसेवी उमाकान्त लम्साल ,बासुदेब लम्साल लगाएको उपस्थितिमा वडाका सम्पूर्ण घरधुरीमा वितरण गरिएको हो ।
देश तथा विदेशमा रहेका युवाहरुले रकम संकलन गरि ११ हजार था मास्क, ४० लिटर सेनिटाईजर, १ हजार थान साबुन, तथा केही ओैषधी खरिल गरी वडाभर वितरण गरिएको अभियान्ता छत्रलाल श्रेष्ठले बताए । स्थानीयलाई कोरोनाबाट बच्न अनावश्यक काममा घर बाहिर ननिस्कन, मास्कको अनिवार्य प्रयोग गर्न र साबुन पानीले नियमित हात धुन अनुरोध गर्दै स्थानीय युवाहरू बासु लम्साल, तुलसी लम्साल , राजकुमार लम्साल, धिरेन्द्र श्रेष्ठ , रबि श्रेष्ठ , गोविन्द लम्साल लगाएतले घरघरमै पुगेर स्वास्थ सामाग्री वितरण गरेका हुन् ।
उनीहरूले वडामा रहेको स्वास्थ्य सस्थालाई आईसोलेशन केन्द्र संचालनका लागि ४ थान बेड सहित सेनिटाईजर ५ लिटर, अक्सीमिटर २ थान , थर्मल गन १ थान तथा केही ओैषधि समेत हस्तान्तरण गरिएको अभियान्ता शुदर्सन लम्सालले बताए । आबश्यक परेमा फेरी पनी सहयोग गर्ने र आइसोलेशन भवन बनाउन मद्दत गर्ने अभियान्ता रमेश लम्सालले बताए ।
युवाहरूले छोटो समयमा नै सहयोग संकलन गरि पठाएका सामग्रीहरु निष्पक्ष रुपमा सबै स्थानियलाइ वितरण गरिएकोमा अभियान्ता सोम लम्सालले अभियानमा संलग्न सबैलाई धन्यवाद दिए । सो कार्यको लागी नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र, काठमाडौं सिन्धुपाल्चोक सम्पर्क मन्चका अध्यक्ष ठुलोबाबु श्रेस्ठ, नेपाली काङ्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामा ज्यु लगायतको ठुलो सहयोग रहेको उनिहरुले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।