स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१३ जेठ, चौतारा ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जिल्लाका सबै स्थानिय तह, स्वास्थ्य संस्था तथा सुरक्षा निकायहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोरोना संक्रमण विरुद्धको लडाँईमा संघले माक्स, सेनीटाइजर, थर्मल गन लगाएतका सामाग्री वितरण गरेको हो ।
संघले जिल्लाका १२ वटै स्थानिय तह सहित नेपाल प्रहरी विभिन्न युनिटहरु, शसस्त्र प्रहरीका बेस क्याम्पहरु, नेपाली सेनाका व्यारेकहरु तथा कोभिड १९ संक्रमित विरामीहरुकोल उपचार गर्ने स्वास्थ्य संस्था तथा जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो । संघले जिल्लामा क्रियाशिल केही पत्रकारहरुलाई समेत स्वास्थ्य सामाग्री वितरण गरेको छ । संघका अध्यक्ष होमबहादुर बस्नेत, निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठ, नेपाल हिमालय सिमापार व्यापार संघका बच्चु पौडेल तथा उद्योग वाणिज्य संघका कार्यसमितिका सदस्यहरु सहितको टोलीले सम्बन्धित कार्यालयमा नै पुगेर स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
संघले प्रदान गरेको सामग्रीहरुमा सर्जिकल माक्स, केएन् ९५ मास्क, सेनिटाईजर, थर्मल गन, अक्सीमिटर, पीपीई सेट र ग्लोव्स रहेका छन् । संघले सवै सरोकारवाला निकाय र संघसंस्थासंग सहकार्य गर्दै जाने प्रतिबद्धताका साथ सहयोगको हातहरु अघि बढाएको हो । संघले हिजो र आज गरी जिल्लाभरी स्वास्थ्य सामाग्री पु¥याउने योजनाका साथ अगाडी बढीरहेको संघका अध्यक्ष होमबहादुर बस्नेतले बताए । चौतारामा रहेका विभिन्न कार्यालयहरुमा सो सामाग्री वितरण गर्दै अध्यक्ष बस्नेतले भने —‘हामीले हिजो क्षेत्र नं. १ अन्तर्गतका सबै स्थानमा सामाग्री वितरण गरी आज इन्द्रावती र मेलम्ची क्षेत्रमा सामाग्री वितरण गरिसक्छौं ।’
अध्यक्ष बस्नेतले हिमालय सिमापार ब्यापार संघसंग समन्वय गरि निरन्तर कोभड–१९ नियन्त्रण गर्न अगाढी बढ्ने समेत बताए ।
जिल्लाबासीलाई उपत्यकामा स्वास्थ्य सेवा लिन समस्या भएमा उद्योग वाण्ज्यि महासंघले काठमाण्डौको क्षेत्रपाटीमा स्थापना गरेको आईसोलेशनमा सम्पर्क गर्न र अक्सिजनको अभाव भएमा समेत संघसँग सम्पर्क गर्न अध्यक्ष बस्नेतले आग्रह गरे । तत्कालको लागि जिल्लाभर ती सामाग्री वितरण गर्ने र पछि पनि आवश्यकताको आधारमा थप सहयोग गर्दै जाने संघका महासचिव शम्भु तिमल्सीनाले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।