स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१४ जेठ, मानेखर्क ।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोकका युवा नेता कुलबहादुर बस्नेतले मानेखर्क आइसोलेशनका लागि ५ वटा अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । पाँचपोखरी थाङ्पाल गाँउपालिका-४, मानेखर्कमा रहेको धुलिखेल अस्पतालको सेवा केन्द्रमा सञ्चालित आइसोलेशनका लागि बस्नेतले सो सामाग्री प्रदान गरेका हुन् ।
मानेखर्कमा सञ्चालित आइसोलेशनमा अक्सिजनको अभाव नहोस् भनी उनले व्यक्तिगत खर्चमा ५ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन् । ‘यो महामारीको समयमा जनताको ज्यानको सुरक्षा गर्नु नेतृत्वको प्रमुख दायित्व हो ।’ बस्नेतले भने -‘आफ्नो क्षेत्रमा सञ्चालित आईसोलेसनमा अक्सिजन अभावकै कारण कसैको ज्यान नजाओस् भन्ने अपेक्षाका साथ मैले अक्सिजन सिलिन्डर ल्याएको हुँ ।’ बस्नेत सो स्थानमा लोकप्रिय समाजसेवी युवाका रुपमा चिनिन्छन् ।
बस्नेतको सो कार्यले आइसोलेशनमा बस्न आउने कोरोना संक्रमित बिरामीको लागि अमृत सरह हुने स्थानियहरुले बताएका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८