स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१४ जेठ, किउल ।
सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकाले ३० हजार डोज कोरोना विरुद्धको खोप ल्याउने तयारी थालेको छ । गाँउपालिकाले विहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काट्दै कि त खोप नै उपलब्ध गराउन कि त खोप किन्न अनुमति दिन आग्रह गरेको हो ।
‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उपयुक्त विकल्प भ्याक्सिन नै भएकोले यस गाँउपालिकाको जनसंख्यालाई आधार मानी पहिलो र दोस्रो चरणको लागि ३० हजार डोज खोपको लागि मन्त्रालयलाई अनुरोध गरेका छौं ।’ गाँउपालिकाका निमीत्त प्रमुख प्रशासकीय अधिकृत निराजन मैनालीले भने —‘यसको लागि संभव भए मन्त्रालयबाटै उपलब्ध गराउन र नभए खरिदको लागि अनुमति दिन पत्र मार्फत अनुरोध गरेका छौं ।’
बिरामी परेका नागरिकलाई एकपटक त उपचार गरौंला तर पटक पटक विरामी पर्नु र उपचारमा लगानी गर्नुभन्दा खोप नै उत्तम विकल्प भएको गाउँपालिकाका अध्यक्ष निमाग्लाल्जेन शेर्पाले बताए । ‘जनताको जिवन रक्षा गर्नु सरकारको पहिलो दायित्व हो, कि त सरकारले सबै नागरिकलाई पुग्ने गरि खोप उपलब्ध गराउन प¥यो कि त खरिद गर्ने अनुमति दिन प¥यो ।’ पालिका अध्यक्ष शेर्पाले भने—‘केन्द्रिय सरकारले खोप उपलब्ध गराउन सक्दैन भने हामीलाई खरिद गर्ने अनुमती देओस्, हामी खरीद गरेर जनताको जिवन रक्षा गर्छौं ।’
गाँउपालिकामा कोरोनाको दोस्रो लहरमा ५९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २५ जना निको भएर डिस्चार्ज भएका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।