स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२० जेठ, चौतारा ।
सिन्धुपाल्चोकमा आज एकैदिन कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिकाको १ पुरुष र चौतारा साँगाचोकगढी नगरपालिकाको १ महिलाको आजै मृत्यु भएको हो ।
आज बिहान इन्द्रावती १ सिम्पालकाभ्रेका ८६ वर्षीय पुरुषको जेठ १० गते पि सि आर नतिजा पोजेटिभ आएको थियो । त्यसपछि होम आइसोलेशनमा बस्दै आएका उनमा १४ गते श्वास प्रश्वासमा समस्या आएपछि चौतारा अस्पतालको आइसोलेसनमा उपचार गर्न ल्याइएको थियो । निजको उपचारका क्रममा आज बिहान चौतारा अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै चौतारा सागाचोकगढी ५ का ८२ वर्षीया महिलाको पनि आज दिउसो मृत्यु भएको हो । जेठ १७ गते जिल्ला अस्पताल चौतरामा एण्टि जेन्ट विधिबाट परिक्षण गर्दा कोरोना पोजेटिभ आइ चौतारा आइसोलेशनमा उपचारको लागि भर्ना भएकोमा निको नहुने भएपछी उनलाई हिजो डिस्चार्ज गरिएको थियो । डिस्चार्जपछि आफन्तले घर लगेपछि उनको आज दिउँसो मृत्यु भएको स्वास्थ कार्यालय, चौताराले जनाएको छ । उनको शव समेत परिवारले नै व्यवस्थापन गरेको छ ।
यश बाहेक पनि आजै बलेफी गाँउपालिका ६ का एक पुरुषले जुगल गाँउपालिका ५ मा सञ्चलित आईसोलेशन केन्द्रबाट हाम फाली उपचारको लागि लैजादै गर्दा मृत्यु भएको थियो । यो संगै सिन्धुपाल्चोक जिल्लामा दोस्रो लहर कोरोनाका कारण मृत्यु हुने २६ जना पुगेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।