स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२४ जेठ, चौतारा ।
भोलीबाट सिन्धुपाल्चोकको सबै स्वास्थ्य संस्थाबाट कोरोना विरुद्धको खोप लगाइने भएको छ । ६२ वर्षदेखि ६४ वर्ष उमेर समुहका व्यक्तिका लागि खोप लगाउन लागेको हो ।
चिन सरकारबाट अनुदान प्राप्त भेरोसिल खोप सो उमेर समुहका व्यक्तिलाई खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय, चौताराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँईले बताए । चापागाँईका अनुसार जिल्लाका साविकका ७९ वटा गाविसमा रहेका स्वास्थ्य संस्था सहित ८० वटा केन्द्रबाट खोप लगाउन सकिनेछ । ४ हजार १ सय ६ जनालाई खोप लगाउने लक्ष्य सहित दुइ दिनसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । एक महिनापछि लगाउने गरी यस खोपको दोस्रो डोज समेत मौज्जाद राखी खोप लगाउन लागिएको चापागाँईले बताए ।
कोरोना संक्रमण भइ निको भएका एक महिना पुरा नभइ यो खोप लगाउन नहुने चापागाँईले बताए । कोरोना संक्रमण भइ प्लाज्मा थेरापीबाट उपचार गराएका विरामीले समेत निको भएको ९० दिन पुरा नभइ खोप लगाउन मिल्दैन । दिर्घ रोग भएकाहरुले खोप लगाउन मिल्ने भएपनि हाल सिकीस्त विरामी भएका र पहिले कुनै पनि खोप लगाउदा एलर्जि भएकाहरुलाई यो खोप नलगाउन समेत चापागाँईले सुझाव दिएका छन् ।
खोप लगाउनका लागि आफ्नो उमेर खुल्ने सरकारी परिचयपत्र लिएर स्वास्थ्य केन्द्रमा जानुपर्नेछ । यसको लागि परिवारका अन्य सदस्यले पनि सहयोग गरीदिन चापागाँईले अनुरोध गरे । त्यसैगरी अहिले तोकीएको उमेर समुह बाहेक अरुले खोपको लागि दवाव नदिन र अरु समुहको लागि नेपाल सरकारले क्रमशः खोप लगाउने हुनाले अहिले तोकिएको उमेर समुह बाहेक अरुलाई खोप लगाइने छैन ।
जिल्लामा यस अघि नै ६५ वर्ष भन्दा माथीका नागरीकका लागि कोभिसिल्ड खोपको पहिलो डोज लगाइसकिएको छ । जिल्लामा सो खोप लगाएका १२ हजार ७ सय भन्दा बढी जनसंख्याको लागि दोस्रो डोज लगाउनको लागि पनि तयारी भइरहेको छ । कोभिसिल्ड खोपको पहिलो डोज लगाएकाहरुले यो भेरोसिल खोप लगाउन भने मिल्दैन ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।