स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१३ असार, मेलम्ची ।
बाढीबाट प्रभावित मेलम्ची क्षेत्रमा नेपाल प्रहरीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नेपाल प्रहरी अस्पतालको आयोजना र इलाका प्रहरी कार्यलय मेलम्ची को समन्वयमा शिविर सञ्चालन भएको हो ।
बाढीवाट घरवार विहीन भइ अस्थाई आवासमा बसोवास गरिरहेका, अस्थाई टेन्टमा वस्दा निम्तिएका स्वास्थ्य समस्या तथा अन्य खाले स्वास्थ्यमा भएका समस्यालाई निराकरण गर्न शिविर सञ्चालन गरिएको प्रहरी अस्पतालले जनाएको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा दुई दिने निशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको हो । शिविरमा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिह को निर्देशन र प्रहरी बरिष्ठ उपरीक्षक डा सञ्जय बिक्रम श्रेष्ठको कमान्ड मा सञ्चालन भएको हो ।
शिविरमा बाल रोग , शल्य चिकित्सा, मानसिक रोग, प्रसुती रोग, दन्त चिकित्सा, हाड जोर्नी सम्बन्धि रोगहरुको निशुल्क उपचार भएको इलाका प्रहरी कार्यलय मेलम्ची का प्रहरी निरीक्षक टिकाराम राई ले जानकारी दिए ।
दुई दिने शिविरमा हेलम्बु गाउँपालिका स्थित इचोक स्वास्थ चौकी मा दुई सय जना, चिलौने घारी प्राथमिक स्वास्थ्य केन्द्र ग्याल्थुममा एक सय ७० जना र मेलम्ची स्वास्थ्य केन्द्र मा एक सय ६८ जना गरि ५३८ जना ले निशुल्क स्वास्थ्य शिविरबाट सेवा लिएको प्रहरी नायब निरीक्षक सुरेन्द्र आचार्यले जानकारी दिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।