स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२२ भदौ, चौतारा ।
चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे आयाेजना तथा जागरण राष्ट्रका लागी युवा (युथ फर नेशन) को प्राविधिक सहयोगमा एक दिने निशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।
मंगलबार चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं ७ मेलचाैरमा भएकाे शिविरमा विभिन्न राेगबाट आजित भएका ४ सय ५४ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएकाछन् । स्वास्थ्य परिक्षणकाे क्रममा जटिल राेग देखिएका तथा अप्रेसन गर्नुपर्नि १८ जनालाइ काठमाडौं रिफर गरिएकाे छ ।
रिफर गरिएका मध्ये आँखाकाे अप्रेसन गर्नुपर्ने बिरामीहरुलाइ टिचिङ हस्पिटलमा १ हजार शुल्कमा अप्रेसन गर्ने ब्यबस्था मिलाईने टिचिङ हस्पिटलका मानसिक राेग विशेषज्ञ तथा युथफर नेसनका अध्यक्ष निकाेलस भुषालले जानकारी दिए ।
स्त्री तथा प्रशुती राेगकाे जटिल समस्यामा रहेकाहरुलाइ युथफर नेसनकाे समन्वयमा काठमाडौंका विभिन्न हस्पिटलमा निःशुल्क उपचार गरिने चाैतारा साँगाचाेकगढी नगरपालिका उपमेयर जानुका पराजुलीले जानकारी दिइन् । नगरवासीकाे स्वास्थ्य समस्या समाधानकाे लागि नगरपालिकाले सधैं चासाे दिंदै आएकाे उनिले बताइन् ।
नगर स्वास्थ प्रमुख शिव पुरीले दिएकाे जानकारी अनुसार शिविरमा निम्नानुसारले सेवा प्रधान गरिएकाे छ ।
स्त्री तथा प्रशुती राेग २ सय ५० जना, दन्त राेग १ सय ५० जना, आँखा राेग २ सय १० जना , नाक कान घाँटी ७८ जना, मानसिक स्वास्थ २२ जना,फिजियोथेरापी ५१ जना, हाड जोर्नी तथा नसा राेग १ सय ५० जना, बालरोग १५ जना, सर्जिकल ५८ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएकाहुन् ।
एकैजनाले एक भन्दा बढी प्रकारकाे सेवा लिएकाले जम्मा संख्या भन्दा छुट्टयाइएको संख्या बढी देखिएको स्वास्थ्य शाखा प्रमुख पुरीले जानकारी दिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।