स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
७ पुस, चौतारा ।
आजबाट सिन्धुपाल्चोकका सबै माध्यामिक विद्यालयहरूमा कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालन हुने भएको छ । १२ वर्ष देखि १७ वर्ष उमेर समुहका सबै बालबालिकालाई सो खोप दिन लागिएको हो ।
तेस्रो चरणको खोप अभियान अन्तर्गत जिल्लाभरका करिब २८ हजार बालबालिकालाई तीन दिन भित्रमा मोडर्ना खोप लगाइसकिने स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाँईले जानकारी दिए । विद्यालय पहुँचभन्दा बाहिर रहेका लक्षित समुहका बालबालिकाले समेत नजिकको खोप केन्द्रबाट खोप लगाउन सकिने चापागाँईले बताए ।
२०६१ मङ्सिरदेखि २०६६ मङ्सिरसम्म जन्मिएका बालबालिकाले यो खोप लगाउन पाउनेछन् । खोप केन्द्र सञ्चालनमा भएका विद्यालयभन्दा अन्य विद्यालयमा अध्ययन गर्ने बालबालीका र विद्यालय नै नजाने सो उमेर समुहका बालबालिकाले समेत नजिकको खोप केन्द्र सञ्चालित विद्यालयमा गएर समेत खोप लगाउन सक्छन् ।
माध्यमिक रुपमा सञ्चालित निजी विद्यालयबाट पनि खोप सेवा लिन सकिनेछ । यो खोप पहिलो डोज लगाएपछि २८ पछि दोस्रो डोज लगाउनुपर्दछ । नेपालमा यो खोप नयाँ प्रयोग हो । मोडर्ना खोपको प्रभावकारिता ९४ प्रतिशत रहेको विस्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) ले जनाएको छ । मोडर्ना खोप हालसम्म उपयोगी रहेको अध्ययनले देखाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८