स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
खाजा खाने भन्ने वित्तिकै सबैभन्दा पहिला सम्झने नाम हो मम । तर यही लोकप्रिय मम मृत्युको कारण समेत हुनसक्छ भन्दा धेरैलाई पत्याउन गाह्रो हुनसक्छ । तर यो सत्य हो । मम खाँदाखाँदै अचानक ढलेका एक व्यक्तिको ममको डल्लो अड्कीएकै कारण मृत्यु भएको प्रमाणीत भएको छ ।
घटना हो भारतको । भारतका एक ५० वर्षीय पुरुषको मम अड्कीएर मृत्यु भएको छ । मदिराले मातेका ती व्यक्ति सडक छेउको एउटा पसलमा मम खाइरहेका थिए । मम खाँदाखाँदै उनी अचानक भुइँमा ढलेर तत्काल मृत्यु भएको थियो । पोष्टमार्टम रिपोर्टमा उनको श्वास नलीमा एउटा ममको डल्लो अड्किएको फेला परेको थियो । डाक्टरहरूले पनि ममको डल्लो अड्किएर उनको मृत्यु भएको निष्कर्स निकालेका थिए ।
मम अड्किँदा न्युरोजेनिक कार्डियाक अरेस्ट भएको चिकित्सकले निष्कर्स निकालेका छन् । उनको मृत्युपछि अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स)ले मम खाँदा सबैलाई ‘होशियारीसाथ निल्न’ सुझाव दिएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८