स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी ७, सानोसिरुवारिमा १ सय ३० जना को निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सानोसिरुवारी स्वास्थ्य चौकिमा आयोजित जेष्ठ नागरिक क्लिनिकमा ७८ जना महिला र ५२ जना पुरुषको स्वास्थ्य परिक्षण गरी औसधि समेत वितरण गरिएको हो ।
क्लिनिकमा उच्च रक्तचापका १३ जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको थियोे भने १ सय १८ जनाको रगत परिक्षण गर्दा ६ जनामा चिनिरोग देखिएको स्वास्थ्य चौकीकी ईन्चार्ज सविना सापकोटाले बताईन् । १ सय ८ जनाको आँखा परिक्षण गर्दा ७ जनामा मोतिबिन्दु देखिएको थियो भने ५ बर्ष भन्दा मुनिको २५ जना बच्चाहरुको वृद्धि अनुगमन समेत गरिएको थियो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा र उपप्रमुख सीता थापाको उपस्थितिमा भएको उक्त कार्यक्रममा भदौरे गणेश सामाजिक संस्थाले स्वास्थ्य चौकीलाई १० थान कुर्सी समेत हस्तान्तरण गरेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८