Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २८, आईतबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाचौतारा २०७९ चैत्र ९, बिहिबार (२ महिना अघि)
चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट अस्पताल बनेको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयबाट २०७९ चैत्र ८ र ९ गते भएको न्यूनतम सेवा मापदण्ड अनुगमनमा चौतारा अस्पताल सिन्धुपाल्चोकले  ८९% प्राप्त गरी नेपालकै १५ बेड अस्पताल समूह अन्तर्गत प्रथम भएको हो ।

निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ तथा न्यूनतम सेवा मापदण्ड अनुगमन टोली प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झा सहितको ५ सदस्यीय टोलीले  अनुगमन गर्दा अस्पतालको सेवामा जम्मा ६ सय ४७ वटा मापदण्ड मध्ये ५ सय ७६ मापदण्डहरूको कुल ७ सय ६१ नम्बर बाट ६ सय ७८ नम्बर  प्राप्त गरी नेपालभरि मै उत्कृष्ट नम्बर ल्याउन सफल भएको संयोजक झाले बताए । मूल्याङ्कनको क्रममा अस्पतालहरूको लेखा, प्रशासन, अस्पताल भित्र चल्ने क्लिनिकल सर्भिस, सपोर्ट सर्भिस, व्यवस्थापन पक्ष, लगायत सबै प्रकारको अवस्था हेरेर मूल्याङ्कन गरिएको थियो । न्यूनतम सेवा मापदण्डमा सुशासनमा २० प्रतिशत  क्लिनिकल सेवा  प्रवाहमा ६० प्रतिशत र अस्पताल सपोर्ट सर्भिसमा २० प्रतिशत गरी कुल जम्मा १०० प्रतिशत मध्ये ८९ प्रतिशत ल्याइ नेपालमै १५ शैय्या क्याटेगोरीमा प्रथम भएको संयोजक झाले समीक्षा कार्यक्रममा बताए ।

न्यूनतम सेवा मापदण्ड समीक्षा कार्यक्रममा प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले आफ्नो नगरभित्र रहेको अस्पतालले सीमित श्रोत साधनको बावजुत पनि गरेको प्रगतिले अस्पतालको मात्र नभइ नगरको र जिल्लाको समेत नाम राख्न सफल भएकोमा खुसी व्यक्त गरे । यो नतिजाले अस्पतालले स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको प्रमाण दिएको भन्दै अब बाँकि रहेको ११ प्रतिशत काम पनि पुरा हुनेमा सापकोटाले विश्वास व्यक्त गरे ।

विशेष अतिथिमा रहनुभएका चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सिता थापाले अस्पताललाई आफुले नजिक बाट हेरिरहेको बताउँदै अस्पतालको विकास निर्माण तथा सेवा बिस्तारमा हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरिन् भने निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले अस्पतालको गतिलाई थप प्रभावकारी ढंगबाट सञ्चालन गरी तत्काल ५० शैय्यामा स्तरोन्नतिका साथ देशको उत्कृष्ट अस्पतालको रुपमा चिनाउन तिनै तहका सरकारले सहयोग गर्नुपर्ने बताए ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष टंकबहादुर कार्कीले विज्ञमार्फत दिएको निर्देशन तथा सुझाव अस्पतालको नियमित सेवासँग सम्बन्धित भएकाले त्यसको पनि सुधार गरेर अर्को वर्ष शतप्रतिशत हासिल गर्ने लक्ष्य लिइ अगाडि बढ्ने प्रतिबद्धता जनाए भने अस्पताललाई यो अवस्थामा ल्याउन अस्पतालमा कार्यरत कार्यालय सहयोगी देखि सम्पूर्ण स्वास्थ्यकर्मी कर्मचारीहरूको ठुलो भूमिका रहेको भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले सहयोगी सबैलाई धन्यवाद दिए । अनुगमन पछि फलोअप समिक्षामा बिभिन्न सुचाङ्कको आधारमा अनुगमन गरिएको र १०० अङ्क ल्याउन ११ अङ्क नपुग्नुका कारणहरू बारेमा समेत समीक्षा गरिएको थियो ।

कार्यक्रममा अस्पतालबाट महिनामा उत्कृष्ट हुने कर्मचारीहरुलाइ सम्मान समेत गरीएको थियो । मंसिर महिनाका उत्कृष्ट कर्मचारी कार्यालय सहयोगी तामबहादुर श्रेष्ठ, पौष महिनाका सहायक कम्प्युटर अपरेटर विवेक श्रेष्ठ,  माघ महिनाका मेडिकल अधिकृत डा. सुसान्त श्रेष्ठ, फागुन महिनाका स्टाफ नर्स रन्जिता श्रेष्ठ र कार्यालय सहयोगी टिकालाल श्रेष्ठ रहेका थिए भने अस्पतालमा आएका विरामीहरुको विद्युतीय अभिलेख चुस्त दुरुस्त राख्ने ३ शाखाहरु अन्तरंग विभाग, बहिरंग विभाग र प्रयोगशाला शाखालाई समेत सम्मान गरेको थियो ।

  • चाैतारा अस्पताल
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

  • मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

  • मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

  • विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    • ताजा अपडेट
    • २४ घण्टामा

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    मेलम्चीको पानी धमिलाे हुँदा पनि वैकल्पिक प्रणालीबाट काठमाडौ लगिने

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    प्रहरीले बनायो पाँचपोखरी थाङ्पालको कार्यालय चोर्नेको स्केच

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    समाचार
    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्णयमा प्रेस युनियनको आपत्ति

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्चीमा तीन स्थानीय तह जाेड्ने बेलिब्रिज निर्माण हुँदै

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    मेलम्ची नदीमा बाढी पहिरो घटना अभ्यास

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    विपन्नलाई १० प्रतिशत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0