स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
जिल्ला अस्पतालले मात्रै प्रदान गर्दै आएको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम आयुर्वेदिक अस्पतालमा शुरुआत भएको छ । मंगलबार जिल्ला सदरमुकामस्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा १६ जनाको उपचार गर्दै मुख्यमन्त्री जनता जनता स्वास्थ्य कार्यक्रम शुरुआत भएको हो ।
मङ्गलबारबाट सुरु भएको मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले आफ्नो स्वास्थ्य परीक्षण गर्दै उद्घाटन गरेका हुन् । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम हरेक हप्ताको मंगलबार बिहान ८ बजेबाट १० बजेसम्म सञ्चालन हुने जिल्ला आयुर्वेद उपचार केन्द्रकी प्रमुख एवं डाक्टर अन्जु कार्कीले बताइन् ।
मुटु तथा रक्तनली, दम मधुमेह, क्यान्सर र सोबाट हुने मृत्युदर घटाउने उद्देश्यले सञ्चालित मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ । नसर्ने रोगहरुको समयमा नै पहिचान गरी उचित परामर्श, स्वस्थ व्यवहार, परीक्षण, निदान र उपचार गरी नसर्ने रोग जटिल हुन नदिनका लागि ३० वर्ष माथिका उमेर समूहलाई आर्थिक सहायता तथा सहुलियतका साथ स्वास्थ्य केन्द्रले सहजीकरण र व्यवस्थापन गरिएको हो।
आयुर्वेद स्वास्थ्य केन्द्रले आजैबाट पथ्य आहार कार्यक्रमको पनि शुभारम्भ गरेको छ। । ऋतु अनुसार मान्छेले आफ्ना खानपिनलाई प्रयोग गरी स्वस्थ र तन्दरुस्त रहनका लागि यो कार्यक्रमको सुरुवात गरेको हो। नेपालले मानिदै आएको छ वटा ऋतु अनुसार ती ऋतुहरूमा के खान हुने? के खान नहुने भन्नेबारे जनचेतना फैलाउने तथा सोही अनुसारको आचरणमा परिवर्तन ल्याउनका लागि पथ्य आहार कार्यक्रमले सकारात्मक भूमिका खेल्ने डा. कर्कीले जानकारी दिइन् ।
डाक्टर कार्कीका अनुसार अहिले हेमन्त ऋतु चलिरहेको र यो ऋतुमा पिरो, अमिलो, दुध, घिउ, चामल, खिर, मखन, गाजर, अमला, पौष्टिक भोजन, अश्वगन्धा, सतावरी, मुसली, शिलाजित ,चेवनप्रास जस्ता खाद्य सामग्रीहरू सेवन गर्दा स्वस्थ रहन सकिने डाक्टर कार्कीले बताइन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।