स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
११ जेठ, चौतारा ।
बागमती प्रदेशल जनश्वास्थ्य प्रयोगशाला धुलिखेल गफमै सिमित रहेको पाइएको छ । सो प्रयोगशालाका प्रमुखको कुरा र प्रयोगशालाको कार्यसम्पादनमा कुनै तालमेल नमिलेपछि सो प्रयोगशाला गफमै सिमित रहेको पाइएको हो ।
प्रयोगशालाका निमित्त निर्देशक नारायणबहादुर कार्कीले हिजो सञ्चारकर्मीसँग कुरा गर्दै ल्याबले आफ्नो क्षमता विस्तार गरेको र अव बढीमा २४ घण्टाभित्र कोरोना पुष्टिको लागि गरिने पीसीआर परिक्षणको नतिजा उपलब्ध गराउने बताएका थिए । दिउसो करिब ४ बजेको समयमा भएको सोही टेलिफोन वार्तालापमा कार्कीले अहिले प्रयोगशालामा कुनै पनि स्वाब नमुना नरहेको र सबै नमुना परिक्षण गरि नतिजा समेत सम्बन्धित निकाएलाई पठाइसकिएको बताएका थिए । कार्कीले हिजै विहान प्राप्त नमुनाको समेत बेलूकी ८ बजेसम्ममा नतिजा पठाइसक्ने बताएका थिए । तर उनको सो भनाई गफमै सिमित भएको छ ।
सिन्धुपाल्चोक जिल्लाको स्वाब नमुना परिक्षणको लागि सोही प्रयोगशाला लाने गरिएको छ । प्रयोगशालाका निमित्त निर्देशक कार्कीले कुनै पनि स्वाब परिक्षण गर्न बाँकी नरहेको बताएपनि चौतारा साँगाचोकगढी नगरपालिकाले जेठ ६ गते पठाएको स्वाबको समेत अझै नतिजा आएकोे छैन । सो प्रयोगशालामा जेठ ६ गते संकलन गरि पठाइएको स्वाबको नतिजा आज जेठ ११ भइसक्दा समेत प्राप्त नभएको नगरपालिकाका कोरोना टिमका सदस्य एवम् मेयरका स्वकिय सचिब रोहीत शर्माले बताए । ‘हामिले जेठ ६ गते ठुलोसिरुवारीबाट संकलन गरि पठाइएको ७१ जना सहित ७ गते चौताराको ७२ जना र ८ गते डडुवाको ४० जनाको नतिजा अझैसम्म पाएका छैनौं ।’ स्वकिय सचिव शर्माले भने —‘हामीले ६ दिन भैसक्दा समेत नतिजा पाइका छैनौं, २४ घण्टामै नतिजा आउने समाचार हेर्दा अचम्म लाग्यो ।’
यस विषयमा कुरा गर्न धुलिखेल प्रयोगशालाका निमित्त निर्देशक नारायणबहादुर कार्कीलाई उहाँकै मोबाइल नम्बर ९८५१२०७४०२ मा पटक पटक टेलिफोन र म्यासेज गर्दा समेत फोन उठेन । चौतारा नगरपालिकका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले भने आज साँझसम्म सबै नतिजा आउने आफुले जानकारी पाएको बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।