Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० जेष्ठ २२, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

खोप किन्न चौतारा साँगाचोकगढीले माग्यो अनुमती

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ जेष्ठ १३, बिहिबार (२ साल अघि)
खोप किन्न चौतारा साँगाचोकगढीले माग्यो अनुमती

१३,जेठ, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरिदको लागि अनुमित दिन संघीय सरकारसँग माग गरेको छ ।  नगरपालिकाको बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले आफैँ खोप किन्ने निर्णय गर्दै सरकारसँग खरिद अनुमति मागेको हो । कोभिड–१९ को दोस्रो लहरपछि संक्रमित बढेसँगै नगरवासीको जीवन रक्षा गर्न नगरकै स्रोत साधनले खोप किन्न अनुमित मागेको प्रमुख अमानसिं तामाङले बताए ।

‘संघीय सरकारले विविध कारणले खोप आपूर्ति गर्न सकिरहेको छैन,’ उनले भने, ‘सरकारले नसक्ने हो भने अनुमति दिएको खण्डमा स्थानीय सरकारले खोप किनेर आफ्ना नगरवासीलाई उपलब्ध गराउँछ ।’ नगर कार्यपालिका बैठकले कोरोना महामारीबाट नगरवासीलाई जोगाउन खोप नै एक मात्र उत्तम बिकल्प भएको ठहरसमेत गरेको छ ।

बैठकको निर्णयपछि नगरले बिहीबारै खोप खरिदका लागि अनुमति दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । ‘सम्भव भएसम्म संघीय सरकारबाटै खोप उपलब्ध गराई पाऊँ । सम्भव नभए खोप खरिदको लागि अनुमति पाउन अनुरोध गरिन्छ,’ नगरले मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ ।

नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत राजुभाइ श्रेष्ठले नगरभित्रको ५१ हजार जनसंख्यामध्ये ३० हजारलाई खोप दिने दिनुपर्ने बताए । उनका अनुसार यो जनसंख्यालाई दुईका दरले ६० हजार डोज खोप आवश्यक पर्छ । ‘अनुमित पाए यो जनसंख्यालाई खोप खरिद गरी प्रदान गर्ने निर्णय नगरले गरेको हो,’ उनले भने ।

कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि जिल्लाका १२ स्थानीय तहमध्ये चौतारा सबैभन्दा बढी प्रभावित छ । दोस्रो लहरयता ७ सय ३७ नगरवासी कोरोना संक्रमित भएको नगरपालिकाले जनाएको छ । हालसम्म ९४ कोरोनामूक्त भएका छन् भने सातको मृत्यु भइसकेको छ । संक्रिय संक्रमित ६ सय ४३ मध्ये सीमितको संस्थागत आइसोलेसमा उपचार भइरहेको छ । अधिकांश संक्रमित होम आइसोलेसनमा छन् ।

नगरपालिकाका अनुसार हालसम्म झण्डै एक हजार नगरवासीले मात्र खोपको पहिलो डोज लगाएका छन् । गएको फागुन–चैतमा पहिलो डोज खोप लगाएका सबैले अझै दोस्रो डोज पाउन सकेका छैनन् । अपुरो खोप पाउनेहरु पनि ६५ वर्षमाथि उमेर समूहका र तोकिएका बर्ग मात्र छन् । अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले भर्खर दोस्रो डोज खोप पाउन थालेका छन् । उनीहरुहरुलाई नै खोप पर्याप्त नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । नागरिकबाट

प्रतिक्रिया दिनुहोस
विशेष सम्बन्धि थप
  • बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

  • डब्लूएचओकाे महासभाका लागि स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

    डब्लूएचओकाे महासभाका लागि स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

  • जुरे प्रभावितलाई नगदै वितरण गरिनुपर्ने सर्वपक्षिय निर्णय

    जुरे प्रभावितलाई नगदै वितरण गरिनुपर्ने सर्वपक्षिय निर्णय

  • लोप हुने खतरामा फेरी लगाउने चलन

    लोप हुने खतरामा फेरी लगाउने चलन

    • ताजा अपडेट
    • २४ घण्टामा

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    झ्याडीमा बस दुर्घटना हुँदा १८ जना घाइते

    बजेटमा गाँजाको नाम सुनेपछि शेरबहादुर तामाङ फुरुङ्ग

    गाउँलाई समृद्ध बनाउन काठमाडौमा रहेका पीपलडाँडावासी एकजुट

    वडाध्यक्ष राउत विरुद्ध कुटपिटको उजुरी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    समाचार
    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    सार्वजनिक शिक्षालाई कसरी सुदृढ बनाउने ?

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    कुविण्डेमा माेटरसाइकल दुर्घटना हुँदा दुईकाे मृत्यु

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    काठमाडौ पठाइयाे मेलम्ची खानेपानी

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    सिन्धुपाल्चोकका १२ स्थानीय तहमा ४ अर्ब ६४ करोड बजेट

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0