Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २४, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

मोटर गुडाउन मासियो पुरानो बजारको मौलिकता

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ जेष्ठ ३०, आईतबार (१ साल अघि)
मोटर गुडाउन मासियो पुरानो बजारको मौलिकता

३० जेठ, चौतारा ।

मालबाहक सवारीसाधान चलाउन नपाएपछि चौतारा पुरानो बजारको मौलिकता नै मासिने गरी पुर्वाधार निर्माण गर्न थालिएको छ । ढुङ्गा छापिएको सडकमा स्थानिय व्यापारी सामान तथा निर्माण सामग्री बोकेको मालबाहक गाडी चलाउन नमिलेपछि मौलिकता नै मासेर सडकको ढुङ्गा हटाएर ढलान गर्न थालिएको हो ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ स्थित चौताराको पुरानो बजारमा छापिएको स्लेट ढुङ्गा हटाएर ढलान गर्न लागिएको हो । भुकम्पपछिको पुनर्निर्माणको अन्तिम चरणमा पुग्दै सो बजारमा भने निर्माण सामग्री बोक्न भन्दै मौलिकता मास्न थालिएको हो । बागमती प्रदेश सरकारको ५० लाख आर्थिक सहयोगमा सो सडकको मौलिकता मास्न थालिएको छ । चौताराको पुरानो बजारस्थित भिमसेनथानदेखि छापको गर्चेखोलासम्म ढलान गर्नको लागि प्रदेश सरकारसँग रकम माग गरिएकोमा भिमसेनथानदेखि नारायणथान नजिकैसम्म ढलान गर्नको लागि छापिएको ढुङ्गा निकाल्न थालिएको हो ।

अहिले पुरानो बजारको दोचाखोलादेखि कृष्ण मन्दिरसम्मको ढुङ्गा निकाल्न थालिएको छ । वि.सं. २०६६÷६७ सालमा पुरानो ढुङ्गा झिकेर नयाँ ढुङ्गा छापिएको सो बजारमा केही ढुङगा केही विग्रीएका थिए । कम लगानीमै विग्रिएका ढुङ्गा मर्मत गर्न सकिनेमा मौलिकता नै मासेर सबै ढुङ्गा हटाउन थालिएको हो । ‘दोचाखोलाबाट मालबाहक सवारी साधन छिर्न नपाँउदा स्थानियहरुलाई समस्या भइरहेको थियो ।’ चौतारा साँगाचोकगढी ५ का वडाध्यक्ष नरमान श्रेष्ठले भने —‘सवारीसाधन चलाँउदा केही ढुङ्गा फुट्न थालेको र ढल व्यवस्थापनका लागि मंगल ढाक्न प्रयोग गरिएको फलामे डण्डीको जाली समेत लच्किएपछि त्यसलाई हटाउन लागिएको हो ।’

यही असार मसान्तसम्म काम सम्पन्न गर्नेगरी ठेक्का प्रकृयाबाट काम शुरु भइसकेको छ । यसरी सिमीत व्यक्तिको फाइदाको लागि बजारको मौलिकता मास्न नहुने स्थानियहरु बताउनछन् । ‘चौताराको पुरानो बजार छुट्टै ऐतिहाँसिक मौलिकता बोकेको बजार हो ।’ जिल्ला रेडक्रस सोसाइटीका मन्त्री एवं स्थानिय कमलचरण कक्षपतिले यस कार्यलाई बजेटको अनावश्यक खर्चको संज्ञा दिदैं ‘हुनेखानेको विकास’ भनेका छन् । केहि सिमित व्यक्तिको स्वार्थको लागि गरिएको यस कार्यलाई स्थानिय हेमन प्रधानले वाहीयात र निकृष्ट कार्य भएको बताए । भइरहेको मौलिक संरचना मास्ने सोचाइ राख्नु नै गलत भएको उनले बताए ।

सो सडकबाट निकालिएको ढुङ्गा स्थानिय मठमन्दिरहरुको प्राङ्गणमा छाप्ने वडा कार्यालयको योजना छ । केही ढुङगा स्थानिय मन्दिरहरुमा पु¥याइएको भइपनि केही भने ठेकेदारले अन्यत्रै लगेको शंका लागेपछि अहिले सो ढुङ्गा निकाल्ने काम समेत रोकिएको एक स्थानियले बताए । सो ढुङ्गा निकालेर नजिकै जम्मा गर्ने गरी ठेक्का लागेको भएपनि ठेकेदारले सो ढुङ्गा आफ्नो हुने भन्दै अन्यत्र लगेको स्थानियको आरोप छ ।

विकासको नाममा भइरहेको मौलिक सम्पदा मास्नु गलत कार्य हो । केही व्यापारी तथा ठेकेदारको स्वार्थको लागि मौलिक सम्पदा मास्दा पछिल्लो पुस्ताको लागि अन्याय हुन जान्छ ।

प्रतिक्रिया दिनुहोस
विशेष सम्बन्धि थप
  • लोप हुने खतरामा फेरी लगाउने चलन

    लोप हुने खतरामा फेरी लगाउने चलन

  • जनताले लत्याएका व्यक्तिलाई पार्टीले पत्याएर सांसदमा सिफारिस

    जनताले लत्याएका व्यक्तिलाई पार्टीले पत्याएर सांसदमा सिफारिस

  • विचल्ली हुनबाट जोगिए २ र ३ वर्षका नाबालकहरु

    विचल्ली हुनबाट जोगिए २ र ३ वर्षका नाबालकहरु

  • तेम्बाथानको पीडाः छोराछोरी पढाउन बसाइँसराई

    तेम्बाथानको पीडाः छोराछोरी पढाउन बसाइँसराई

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0