स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१२ साउन, चौतारा ।
नदीबाट बालुवा तथा अन्य नदिजन्य सामाग्री उत्खनन् गर्नको लागि स्थापित क्रसर उद्योगहरुले काननु विपरित त्यस्ता सामाग्री उत्खनन् गर्ने गरेका छन् । यस्ता उत्खननको अनुगमन गर्ने जिम्मेवारी प्राप्त निकायको निर्णय नै नमानी क्रसर उद्योगहरुले उत्खनन कार्य गरिरहेका हुन् ।
खानी तथा नदीजन्य पदार्थको उत्खनन् कार्यको अनुगमनको जिम्मेवारी जिल्ला समन्वय समितिलाई दिइएको हुन्छ । सो समितिले हरेक बर्षको असार १ गतेदेखि भदौ मसान्तसम्मको तीन महिना नदीबाट त्यस्ता सामग्री निकाल्न नपाउने निर्णय समेत गर्दछन् । त्यससँगै स्थानीय तहले समेत सो सामग्री विक्रीवितरण गर्नको लागि दहत्तर बहत्तरको ठेक्का समेत जेठ मसान्तमा नै सकिने गर्दछ । तर सिन्धुपाल्चोक जिल्लामा सञ्चालीत क्रसरहरुले भने यस्ता नियमको धज्जी उडाउदैं खुलेआम रुपमा बर्खामासमा समेत बालुवा झिक्ने गरेका छन् ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११, बन्देउमा रहेको बच्छला क्रसर उद्योगले बर्खामासमा पनि नदीबाट बालुवा निकालिरहेको हो । सो क्रसर उद्योगले हरेक दिन विहान नदीमा स्काभेटर प्रयोग गरेर बालुवा निकाल्ने गरेको छ । क्रसरले स्काभेटर प्रयोग गरेर हरेक दिन बालुवा निकाल्ने गरेको नाम नबताउने शर्तमा एक स्थानियले बताए । ‘हामी केही बोलौं भने हामीलाई सुरक्षा जोखीम हुन्छ ।’ ती स्थानियले भने —‘त्यसको अनुगमन र नियमन गर्ने जिम्मेवारी पाएको सुरक्षा निकाए र जिल्ला समन्वय समिति समेतको मिलेमतोमा यस्तो हुने गरेको हो की भन्ने हामीलाई आशंका छ ।’ हरेक दिन नदी दोहन भइरहँदा समेत कुनै निकायले वास्ता नगरेको देख्दा आफुहरुलाई यस्तो शंका लागेको उनले बताए । यो बाहेक अन्य क्रसरले पनि यसरी अवैध उत्खनन् गरीरहेको स्थानीयको आरोप छ ।
सिन्धुपाल्चोक जिल्लामा २० वटा क्रसर उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख रामशरण गौतमले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगहरुले आफुहरुलाई नटेर्ने गरेको बताए । केही क्रसरहरु बाहेक धेरैले नियमानुसारको अध्यावधिक समेत नगर्ने गरेको उनले बताए । ‘हामीले उद्योग अध्यावधिक गर्नको लागि पटकपटक पत्राचार गरेपनि धेरै उद्योगहरुले अध्यावधिक गर्ने गरेका छैनन् ।’ कार्यालय प्रमुख गौतमले बताए । नेपाल सरकारले क्रसर उद्योग सञ्चालन गर्न बनाएको मापदण्ड जिल्ला अनुकुल बनाउन नसक्दा जिल्लामा सञ्चालीत धेरै उद्योगहरुले मापदण्ड समेत पुरा गर्न नसकेको उनले बताए ।
यस विषयमा कुरा गर्न बच्छला क्रसर उद्योगका सञ्चालक इन्द्र गिरी तथा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङको मोबाइलमा फोन गर्दा फोन सम्पर्क हुन सकेन ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।