Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ १०, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

भुक्तानीसँगै चर्कीयो वडा कार्यालयको घेराबार

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ श्रावण २९, शुक्रबार (९ महिना अघि) ११ पटक पढिएको
भुक्तानीसँगै चर्कीयो वडा कार्यालयको घेराबार

२९ साउन, चौतारा ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ को वडा कार्यालय संरक्षणको लागि लगाइएको घेराबारको पर्खाल भुक्तानीसँगै चर्कीएको छ । काम समेत नसकिदै असार मसान्तमा नगरपालिकाबाट भुक्तानी लिइएको सो घेराबार बनाउँदा बनाउँदै चर्कीएको हो ।

वडा कार्यालय घेराबारको लागि चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यालयको भैतिक पुर्वाधार शिर्षकबाट १४ लाख विनियोजन गरेको थियो । त्यसमा ठेक्का प्रकृयाबाट ८ लाख ३० हजार रुपैंयामा प्रभात निर्माण सेवाले ठेक्का पाएको थियो । २०७७ माघ २० गते कार्यादेश दिदँै नगरपालिकाले २०७८ बैशाख मसान्तभित्र काम सक्न म्याद तोकेको थियो । तर सो योजनाको काम नै नसकिँदै असार मसान्तमा भुक्तानी दिइएको छ । ठेकेदार प्रभात निर्माण सेवाले आफुले सो काम नगरी स्थानिय ठेकेदार कृष्ण नेपाललाई सो ठेक्का दिएका थिए ।

दोस्रो ठेकेदारले ढिला गरी कम गुणस्तरको काम गर्दा सो घेराबारको पर्खाल ठाँउठाँउमा चर्किएको छ । इटा सिमेन्टको जडाइ भएको पर्खालसँगै ढुङ्गा सिमेन्टको जडाइ भएको मेसीनरी वाल समेत चर्किएको छ । योजनाको काम सम्पन्न नहुँदै रातारात असार मसान्तमा अन्तीम बिल बापतको रकम भुक्तानी गरिएको हो । ‘इटा सिमेन्टको जडाइ भएको पर्खाल जहाँ पनि चर्किन्छ ।’ ठेकेदार कृष्ण नेपालले भने —‘यो सामान्य कुरा हो ।’ जुनसुकै बेला भत्कीन सक्ने संभावना भएको चर्काइ सामान्य भन्दै ठेकेदारले टारेका छन् ।

ठेकेदारले आफ्नै आँगनको काम नसकिँदै भुक्तानी लिइसक्दा समेत वडा अध्यक्ष भने भुक्तानीको विषयमा अनविज्ञ रहेको बताउछन् । वडा अध्यक्ष उमाप्रसाद दुलालले साउनको दोस्रो सातासम्म पनि भुक्तानी नलिएको दावि गर्दै आएका थिए ।

काम नसँकीदै चर्किएको पर्खाल सामान्य मर्मत समेत नगरी नगरपालिकाका सब इन्जिनियर तथा सो योजनाका साइट इन्चार्ज विकास श्रेष्ठको प्राविधिक अनुगमनपछि भुक्तानी गरिएको हो । कार्यालय घेराबारको लागि गरिएको प्राविधिक इस्टीमेटमा कार्यालयमा उक्लने सिँडी समेत नभएको श्रेष्ठले बताए । इस्टीमेटमा भएको क्वान्टीटी भन्दा धेरै काम भएको भन्दै र असार मसान्तपछि रकम फ्रिज हुने भएकोले हतार हतार भुक्तानी गरिएको हो ।

तर बैशाख मसान्तमा सक्नुपर्ने कामको असार मसान्तमा पनि अपुरै काममा पर्खाल चर्किएको देख्दादेख्दै पुरै भुक्तानी गरिनुले नगरपालिका कार्यालय र ठेकेदारविच मिलेमतो भएको आशंका गरिएको छ । यसरी भर्खरै निर्माण भएको पर्खाल चर्किएको देख्दादेख्दै निर्माण सम्पन्न भएको सिफरीस दिने प्राविधिक धरौटी बापतको रकम बाँकी रहेको भन्दै सोही रकमबाट मर्मत गराउने बताउछन् । ‘एक वर्षसम्म योजनामा कुनै खराबी आएमा ठेकेदारको धरौटी रकमबाट त्यसको मर्मत कार्य हुनेछ ।’ साइट इन्चार्ज श्रेष्ठले बताए ।

साउनको दोस्रो हप्ता मात्रै मुख्य सिँडी हाल्ने काम हुँदै गरेको योजनामा नगरपालिकाको प्राविधिक फाँटले भने बैशाख मसान्तमै काम सकिएर अन्तीम बिल प्राप्त भएको मिती उल्लेख गरी असार ३० गते प्रथम तथा अन्तीम बिल भुक्तानीका लागि टिप्पणी आदेश उठाएको छ । यसरी हतार हतार कागजी प्रकृया पु¥याउन खोज्दा काम नहुँदै नगरपालिकाको प्राविधिक शाखाले काम सकिएको भनेर अन्तीम बिल भुक्तानीको लागि सिफारीस गरेको देखिन्छ ।

वडा कार्यालयकै घेराबारमा समेत यतीसम्म लापरबाही गरीँदा वडाका अन्य विकास निर्माणको अवस्था सहजै अनुमान गर्न सकिन्छ । नगरपालीकाले समेत प्राविधिक र ठेकेदारकाे मिलेमताेमा यसरी कामकाे प्रभावकारी अनुगमनबिना नै भुक्तानी गरेकाे स्राेतले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस
विशेष सम्बन्धि थप
  • सिन्धुपाल्चोकमा यसरी अलमलियो गठबन्धन

    सिन्धुपाल्चोकमा यसरी अलमलियो गठबन्धन

  • मगुवाकाे कराेडाैंकाे जग्गा भूमाफियाको कब्जामा

    मगुवाकाे कराेडाैंकाे जग्गा भूमाफियाको कब्जामा

  • अपारदर्शिताको पराकाष्ठाः गुफाडाँडा जलवायु सम्मेलन

    अपारदर्शिताको पराकाष्ठाः गुफाडाँडा जलवायु सम्मेलन

  • स्थायी आवासको पर्खाइमा लिदी पहिरो प्रभावित

    स्थायी आवासको पर्खाइमा लिदी पहिरो प्रभावित

    • ताजा अपडेट
    • २४ घण्टामा

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0