Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

स्थायी आवासको पर्खाइमा लिदी पहिरो प्रभावित

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ पौष ७, बुधबार (४ महिना अघि) १०२ पटक पढिएको
स्थायी आवासको पर्खाइमा लिदी पहिरो प्रभावित

७ पुस, सिन्धुपाल्चोक ।
गत वर्षको साउन ३० गते बिहानको पहिरोका कारण प्रभावित बनेका सिन्धुपाल्चोकको जुगल गाउँपालिका २, लिदीका स्थानियहरू अझै स्थायी आवासको पर्खाईमा छन् । उनीहरूले सहयोगको लागि सङ्घसंस्थासँग आग्रह समेत गरिरहेका छन् ।


पहिरोका डेड वर्ष बित्न लाग्दा समेत लिदीका स्थानियहरूले अझै स्थायी आवास पाउन सकेका छैनन् । पहिरोमा परि २९ घर क्षती हुँदा ३९ जनाले ज्यान गुमाएका थिए । बाँकी रहेका घरहरू पनि पहिरोको उच्च जोखिममा छ । उनीहरु त्यहाँबाट विस्थापित भएर करिब १२० परिवार जुगल १ कै बाँसखर्कमा अस्थायी टहरोमा बसिरहेका छन् । करिब ९० परिवार भने जोखिम मोलेरै लिदीमा नै बसिरहेको स्थानीय निर्मला दोङले बताइन् ।


विस्थापित भई बाँसखर्कमा गएका २८ परिवारको लागि नेपाली सेना, विभिन्न संघसंस्था र गाउँपालिकाको सहयोगमा अस्थायी टहरा निर्माण गरिएको छ । स्थायी आवास निर्माणका लागि पनि बाँसखर्कमा एक सय २० घर निर्माणको चरणमा रहेको छ । सरकारले दुइ सय ९ घर लाभग्राही पहिचान गरेको भए पनि बाँकी परिवारले सुरक्षीत स्थायी आवास कहिले पाउँछन् भन्ने टुङ्गो छैन । आफ्नो लागि आवास निर्माणमा सहयोग गरिदिन उनीहरूले आग्रह समेत गरेका छन् । बाँसखर्कमा आवास नपाउने भएपछि बराम्चीको चनौटेमा १३ रोपनी जग्गामा आवास निर्माणको लागि जग्गा तयार गर्ने काम गरिरहेको लिदी पहिरो घरजग्गा व्यवस्थापन समितिका अध्यक्ष रोहित लामाले बताए ।


उनीहरूले आफ्नो बसोबासको लागि जुगल गाउँपालिका वडा नं. ५, चनौटोमा १३ रोपनी जग्गा समेत व्यवस्थापन गरिसकेका छन् । सो स्थानमा ५० परिवार बस्ने योजना बनाएको भएपनि सरकारी मापदण्डका कारण सबै परिवार त्यहाँ नअट्ने जोखिम समेत बढेको छ । विपद्का कारण विस्थापित भएकाहरूको लागि पनि सामान्य परिवार सरह मापदण्ड नलगाउन उनीहरूले सरकारलाई आग्रह गरेका छन् । ‘एक परिवारको लागि कम्तिमा ४ आना जग्गा तयार पार्दा पनि यो जग्गाले ५० परिवारलाई मात्रै आवास बनाउन पुग्छ ।’ लिदी पहिरो घरजग्गा व्यवस्थापन समितिका सचिव पञ्चलाल दोङले भने —‘तर प्रत्येक घडेरी छुने गरि कम्तिमा २० फुटको बाटो आवश्यक पर्ने सरकारी नितीका कारण यो जग्गामा ३० परिवार पनि नअट्ने देखियो ।’ बाटोको रुपमा प्रयोग हुने जग्गाको रकम समेत तिर्न नसकिने उनले बताए ।


सरकारी प्रकृयागत ढिलाइका कारण उनीहरूले अझै कहिले घर पाउँछन् भन्ने निश्चित भएको छैन । स्थानीय सरकार, जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश सरकार तथा संघीय सरकारको सबै मापदण्ड पुरा नभएसम्म उनीहरूले लालपुर्जा र जग्गा खरिदको लागि सरकारले दिने ३ लाख रुपैयाँ पाउनेछैनन् । जग्गा प्रकृया पुरा भएपछि पनि संघसंस्थाले सहयोग नगरेमा उनीहरु आफैं घर बनाउन सक्ने अवस्थामा छैनन् ।


सरकारी मापदण्ड नमान्ने हो भने पहिरो प्रभावितले लालपुर्जा र सरकारले जग्ग खरिदका लागि दिने ३ लाख रुपैयाँ समेत पाँउदैनन् । जुगल गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर विकले भने —‘सबै प्रकृया पुरा गरेर लालपुर्जा हात परेपछि ढिलोको एक वर्षभित्र हामी उहाँहरुलाई स्थायी आवासको व्यवस्था गराउनेछौं ।’

  • जुगल गाउँपालिका
  • लिदी पहिरो
  • सिन्धुपाल्चाेक
  • प्रतिक्रिया दिनुहोस
    विशेष सम्बन्धि थप
  • सिन्धुपाल्चोकमा यसरी अलमलियो गठबन्धन

    सिन्धुपाल्चोकमा यसरी अलमलियो गठबन्धन

  • मगुवाकाे कराेडाैंकाे जग्गा भूमाफियाको कब्जामा

    मगुवाकाे कराेडाैंकाे जग्गा भूमाफियाको कब्जामा

  • अपारदर्शिताको पराकाष्ठाः गुफाडाँडा जलवायु सम्मेलन

    अपारदर्शिताको पराकाष्ठाः गुफाडाँडा जलवायु सम्मेलन

  • शुक्रबारे कर्माचारीले कामकाजमा समस्या

    शुक्रबारे कर्माचारीले कामकाजमा समस्या

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0