Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

मगुवाकाे कराेडाैंकाे जग्गा भूमाफियाको कब्जामा

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ पौष १९, सोमबार (१ साल अघि)
मगुवाकाे कराेडाैंकाे जग्गा भूमाफियाको कब्जामा

१९ पुस, चौतारा ।
केही समय जग्गा धितो राख्न मन्जुरीनामा दिएबापत पैसा पनि पाइने र जग्गा पनि फिर्ता पाइने प्रलोभनमा पर्दा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ७ का धेरै घरपरिवार जग्गाविहीन भएका छन् । तत्काल केही रकम पनि दिने र जग्गा पनि आफ्नै भइरहने भन्दै दलालले फकाएपछि क्षणिक प्रलोभनमा पर्दा उनीहरु मर्कामा परेका हुन् ।

  • सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ७, नेपानेका आइतराम तामाङको पाँच जना छोरा छन् । पाँच छोराका पाँच श्रीमती र ११ नातिनातिनी सहित तीन वटा घरमा बसिरहेका उनको घर भुकम्पले भत्किएपनि टहरो बनाएर जसोतसो बस्दै आएका थिए । ठेगाना नखुलेका राजकुमार हुमागाँई नामको व्यक्ति आएर डेड लाख रुपैयाँ पैसा दिन्छु, घर बनाउनुस् र हामीलाई लालपुर्जा दिनुस् भनेपछि उनी पुर्जा दिन तयार भए । ६ महीनामा जग्गा फिर्ता पाउने र डेड लाख आफ्नै हुने प्रलोभनमा उनले जिल्ला अदालत काठमाण्डौमा गएर मन्जुरीनामामा ल्याप्चे लगाइदिए । बाँकी पैसा पछि दिन्छु भनेपछि उनी ७० हजार लिएर घर फर्किए । त्यसपछि न उनले बाकी पैसा पाए, न ६ वर्ष वित्दा समेत जग्गा नै फिर्ता पाएका छन् । घर सहित ४ रोपनी ७ आना जग्गा भूमाफियाले कब्जा गर्दा उनी अहिले जग्गाविहीन बनेका छन् ।

  • कर्णबहादुर भारती र पदमकुमारी भारती श्रीमान् श्रीमती हुन् । २०६८ सालमै उनै हुमागाँई पटकपटक भारतीको घरमा आएर कुखुरा काट्ने र वियर खाने गरेर उनीहरुलाई फकाए । हरेक पटक घरमा आएर फकाउने गरेपछि उनीहरु आ—आफ्नो नाममा भएको जग्गा हुमागाँईलाई दिन राजी भए । ४ रोपनी जग्गाबापत ८० हजार रुपैंया कर्णबहादुरले पाए भने २ रोपनी जग्गाको ५० हजार उनकी श्रीमती पदमकुमारीले पाइन् । घर जग्गा सबै रोक्का भएपछि भारती दम्पती अहिले न्यायको खोजीमा भौतारीरहेका छन् । सरकारी मुल्याङ्कनमा पनि सो जग्गाको मुल्य प्रतिरोपनी १६ लाख रहेको छ ।

  • इश्वरी अधिकारी नाताले कृष्णप्रसाद अधिकारीका दाजु हुन् । दाजुले आफ्नै जग्गा पनि धरौटीको लागि धितो राख्न हुमागाँईलाई बुझाएर पैसा लिएको उनलाई थाहा थियो । दाजुकै सल्लाहमा कृष्णप्रसादले पनि आफ्नो सबै १२ रोपनी जग्गा २ लाख रुपैंया लिएर हेटौंडा र बबरमहलमा पुगेर मञ्जुरीनामा दिए । केही पैसाको लोभमा पर्दा आफ्नो जग्गा हडप्न कुन दिन को आइपुग्छ भन्ने चिन्ता उनीलाई छ । कागजपत्र लिएर कोही टुप्लक्क आइपुगेमा आफ्नै घरजग्गा सबै छाडेर खाली हात हिड्नु बाहेक दोस्रो विकल्प उनीसँग छैन । उनीजस्तै उनका दाजुभाइहरुको पनि धेरैको जग्गा यसरी बन्धक बनेको छ । केही दाजुभाइ त घर छाडेर अन्यत्रै गइसकेको खानीगाँउकै गोविन्द उपाध्याय अधिकारी बताउछन् ।

  • खानीगाँउकै जितबहादुर घलले त परिवारमा सल्लाह नै नगरी ३ रोपनी जग्गा रोक्का गरिदिए । परिवारलाई थाहै नदिइ तीनचार दिन लगाएर हेटौंडा र पुल्चोकमा पुगेर मन्जुरीमाना दिएको बताउने जितबहादुर १ लाख रुपैंया लिएर घर आएपछि श्रीमतीलाई दिँदा श्रीमती सुन्तलीमाया घलेले रकमै आगोमा फालिदिइन् । एउटा नोट जलेर बाँकी रकम इश्वरी अधिकारीलाई नै फिर्ता गरिदिएका उनीसँग न पैसा नै छ, न त जग्गा नै । साविक सानोसिरुवारी गाविसको वडा नं. ४ र ५ मा मात्रै बीसौं जनाको जग्गा यसरी रोक्का रहेको छ । उनै इश्वरीले घर सल्लाह नगर्नु भनेपछी जितबहादुर लुसुक्क हेटौंडा पुगेका थिए ।

  • २०६८ सालदेखि स्थानिय इन्द्रप्रसाद दुलाल, इश्वरी अधिकारी, भरत न्यौपाने लगाएत विभिन्न व्यक्तिमार्फत राजकुमार हुमागाँईले सो क्षेत्रमा जग्गा कारोबार गर्न थालेका हुन् । करिब २०७५ सालसम्म गाँउ आउने गरेका हुमागाँई त्यसपछि यता देखिएका छैनन् । हुमागाँई हराएपछि भने स्थानियहरु अत्तालिएका हुन् । २०७१ सालमा ६ महिनामा फिर्ता आँउछ भनेर २ लाख ५० हजार रुपैंया लिएर २२ रोपनी जग्गा मन्जुरीनामा दिएका नारायणबहादुर थापा मगरसँग अब २ रोपनी जग्गा मात्रै आफ्नो नाममा बाँकी छ । इन्द्रप्रसाद दुलालमार्फत हुमागाँईलाई जग्गा दिएका थापामगरलाई दुलालले छिट्टै जग्गा फिर्ता आँउछ भनेको पनि लामो समय भइसक्यो । तर उनले जग्गा पाउने आश नै मारीसके ।

शुरुशुरुमा केही बाँझो रहेको पाखोबारी धितो राखेर तोकिएकै समयमा फिर्ता समेत गराएपछि स्थानीयहरु जग्गा दिन हौसिएका हुन् । अहिले सम्पर्कमा आएका र नआएका समेत गरी सोही क्षेत्रमा मात्रै पचास जनाभन्दा धेरैको ३०० रोपनीभन्दा धेरै जग्गा धितो राखीएको आँकलन छ । जग्गाका स्थानीय विचौलियाहरु अझैपनि यही पेशामा सकृय छन् । बेलैमा होसीयार नहुने हो भने अझ धेरै सोझासाझा जनताको जग्गा भुमाफियाको कब्जामा पर्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस
विशेष सम्बन्धि थप
  • बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

    बिजाेकमा अरनिकाे राजमार्ग, कहिलेसम्म माेल्ने दुर्घटनाकाे जाेखिम?

  • डब्लूएचओकाे महासभाका लागि स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

    डब्लूएचओकाे महासभाका लागि स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

  • जुरे प्रभावितलाई नगदै वितरण गरिनुपर्ने सर्वपक्षिय निर्णय

    जुरे प्रभावितलाई नगदै वितरण गरिनुपर्ने सर्वपक्षिय निर्णय

  • लोप हुने खतरामा फेरी लगाउने चलन

    लोप हुने खतरामा फेरी लगाउने चलन

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0