Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

लोप हुने खतरामा फेरी लगाउने चलन

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
विजय नेपालसिन्धुपाल्चाेक २०७९ कार्तिक २०, आईतबार (११ महिना अघि)
लोप हुने खतरामा फेरी लगाउने चलन

हरेक वर्षको कात्तिक र चैत महिनामा जोगी जातीले घरघरमा लगाउदै आएको ‘फेरी लगाउने’ परम्परा लोप हुने खतरामा पुगेको छ । राती घर आँगनमा पुगेर विशेष प्रकारको आवाज निकाल्ने बाजा बजाउदै मन्त्रोच्चारण सहित फेरी लगाउने परम्परा लोप हुने खतरामा पुगेको हो ।

कुवँर थर भएका जोगी जातीले आफूले पुर्ख्यौली अंशमा पाएका गाउँका हरेक घरधुरीमा पुगेर राती मन्त्रोच्चारण सहित विशेष प्रकारको बाजा बजाउने गर्दछन् । ‘आकाशै बाँधु, पातालै बाँधु, भुतमसान बाँधु, चारै सुर बाँधु’ भन्दै उनीहरु घर घुम्ने गर्दछन् । यसरी घर घुम्दै सो घर परिवार तथा उनीहरूले पालेको घरपालुवा जिवजन्तुलाई पनि कुनै किसिमको नकारात्मक दैविक शक्तिले असर नपार्ने जनविश्वास जगत बहादुर श्रेष्ठले बताए ।

कात्तिक महिना किसानहरूले लगाएको महत्वपूर्ण बाली भित्राउने समय पनि हो । यसरी भित्राइएको धान लगायत अन्न जोगीलाई दान गरेपछि मात्रै आफूले प्रयोग गर्ने प्रचलन अनुसार फेरी लगाउन आउने जोगीलाई अन्नदान गर्ने पुरानो प्रचलन भने अहिले लोप नै भएको छ । जोगीहरूले पनि अन्नपातको सट्टा नगदै दान माग्न थालेका छन् । धान, चामल, मकै, नुन, बेसार लगायतका सामग्री दान गरिनुपर्नेमा अहिले त्यसबापत नगदै दान लिने तथा दिने गरिएको चौतारा साँगाचोकगढी ७, सानोसिरुवारीका शंकरलोचन शर्माले बताए ।

उनीहरूले बजाउने विशेष बाजाको नाम ‘नाथ’ हो । पहिले पहिले स्यालको सिङ भनिने गरेको भएपनि सो बाजा कृष्णसारको सिङ भएको उनीहरु बताउँछन् । आफूहरूले वाचन गर्ने गरेको मन्त्रमा उक्त परिवारमा कुनै पनि दैवि शक्तिको नकारात्मक असर नपरोस् भन्ने कामना गरिएको उनीहरु बताउँछन् । नाथको आवाज जति टाढा पुग्छ, त्यहाँसम्म नकारात्मक दैवी शक्तिले असर गर्न नसक्ने जनविश्वास छ ।

‘हाम्रो पुर्खादेखि नै यो परम्परा रहिरहेकोले मैले पनि २०/२५ वर्षदेखि यसलाई निरन्तरता दिइरहेको छु ।’ इन्द्रावती ९, भदौरेका फेरीकर्ता जोगी विकास कुवँरले भने—‘ हामीले जोगाइराखेको भएपनि हाम्रा छोरानातीले के गर्छन् भन्ने चाँहि हामी भन्न सक्दनौं ।’ रातविरात अर्काको गाउँमा घरघरमा डुल्नुपर्ने, राती कुकुर लगायत घरपालुवा तथा जंगली जनावरको डर समेत हुने र उचित सम्मान पनि नपाइने हुनाले नयाँ पुस्तामा यो पेशाप्रति वितृष्ण बढेको उनले बताए ।

परम्परागत संस्कृतिलाई अन्धविश्वास भन्दै धेरैले छाड्न थालेका छन् । तर इन्द्रावती ९, भदौरेका कुवँरहरुले भने यो पेशा जसोतसो जोगाएर राखेका छन् । यस्ता संस्कृति संरक्षणमा राज्यको तर्फबाट भने कुनै ध्यान पुग्न सकेको देखिदैन ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

  • काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

  • पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    समाचार

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0