स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोक जिल्ला विपद् व्यवस्थापन समितिले २०७१ सालको जुरे पहिरो प्रभावितको लागि जनस्तरबाट संकलित रकम नगदै वितरण गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । मंगलबार बसेको सर्वपक्षिय बैठकले यस अघिको मन्त्रिपरिषद्को निर्णय संसोधन गर्न यस्तो निर्णय गरेको हो ।
मन्त्रिपरिषद्का २०७९ असार ३१ गतेकोे निर्णयले “जुरे पीडित समुदायले छनोट गरेको सामुदायिक विकास र पूर्वाधारको आयोजनामा लगानी गर्ने गरी परियोजना विकास गर्ने र उक्त परियोजना जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकले सम्बन्धित स्थानीय तहको समन्वयमा सञ्चालन गरी कार्यान्वयन गर्ने÷ गराउने गरी कोषमा जम्मा भएको रकम रु. २,२४,६६,६५७.८५ (अक्षरेपी दुई करोड चौबिस लाख छैसठ्ठी हजार छ सय सन्ताउन्न रुपैयाँ पचासी पैसा) फुकुवा गर्न स्वीकृति दिने” भनी निर्णय गरेको थियो ।
सो निर्णय पश्चात जिल्ला प्रशासन कार्यालयबाट आयोजना छनोटका लागि सम्बन्धित पालिकाहरुलाई समन्वय गर्दा उक्त पालिकाहरुबाट नगदै राहत वितरण गर्न न्यायोचित हुने निर्णय गरी पठाएकोले आजको बैठकले यस्तो निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताए । बैठकले घटनाका १ सय ४२ जना मृतकलाई प्रति मृतक रु २०,००० को दरले मृतकको आश्रित वा कानूनी हकवालालाई दिन, बाँकी हुन आउने रकमलाई तत्कालिन राहत वितरण मापदण्डको प्रतिवेदन अनुसार प्रभावितले प्राप्त गरेको अंककोे आधारमा वितरण गरिनुपर्ने भनी मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको श्रेष्ठले बताए ।
विभिन्न मापदण्डलाई आधार बनाएर अध्ययन गरेको सो प्रतिवेदन अनुसार कुल २ सय ८० परिवारलाई पहिरो प्रभावित मानेको छ । जसमध्ये सबैभन्दा धेरै प्रभावित बलेफी गाउँपालिकाका रहेका छन् । सो पालीकामा मात्र १ सय १६ परिवार प्रभावितको सुचिमा सुचिकृत छन् । आजको बैठकले प्रति अंक रु ३३०६ को दरले प्रत्येक परिवारले प्राप्त गरेको प्राप्तांकको आधारमा २८० पीडित परिवारलाई वितरण गर्न र शुन्य अंक प्राप्त गर्ने ३ पीडित परिवारलाई प्रति परिवार करिब रु ४,०५३ प्रदान गर्न उचित हुने राय सहित श्री गृह मन्त्रालयलाई अनुरोध गरेवको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।