स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकका ४ वटा स्थानीय तहले पाँच वर्षदेखि करारमा कार्यरत कर्मचारीलाई निष्कासन गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोसी गाउँपालिका र इन्द्रावती गाउँपालिकाले करारका कर्मचारी हाजिर नगराएपछी कार्यालयको दैनिक सेवाप्रवाह समेत प्रभावित भएको छ ।
बाह्रबिसेले नगरसभाबाटको निर्णयबाट १ सय ७१ जना करारका कर्मचारी हटाएको छ। अघिल्लो सरकारको नगर कार्यपालिकाले आफूखुसी राखेका सबै कर्मचारी हटाउने निर्णय भएको बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेतले जानकारी दिए। ‘अनावश्यक कर्मचारी थुपारेर बजेटको दुरुपयोग नगर्ने हामीले निर्णय गरेका छौँ,’ उनले भने, ‘करारका कर्मचारी हटाएर त्यस्तो बजेट विकासमा लगाउँछौँ ।’
आफुले आफ्ना कार्यकर्ता भर्ति गर्नको लागि नभइ अनावश्यक कर्मचारी संख्या कटौती गर्न यस्तो निर्णय गरेको बस्नेतले बताए ।
त्यसैगरी, त्रिपुरासुन्दरी गाउँपालिकामा करारका ७१ कर्मचारी हटाउने निर्णय गरेको छ । बाह्रबिसेमा एमालेबाट जितेका तत्कालीन मेयर निम्फुञ्जो शेर्पा र त्रिपुरासुन्दरीमा एमालेबाटै विजयी तत्कालीन अध्यक्ष भूपेन्द्र श्रेष्ठले ठूलो संख्यामा करारका कर्मचारी भर्ना गरेका थिए। अहिले दुवै पालिका कांग्रेसले जितेकोले एमाले समर्थक करारका कर्मचारी हटाएर आफ्नो कार्यकर्ता भर्ना गर्न खोजेको अनुमान गर्न सकिन्छ ।
सुनकोसी गाउँपालिकामा भने बजेट होलिडे भएकाले गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिनाले सयभन्दा बढी करारका कर्मचारीलाई हाजिर नगराउने निर्णय गरेका छन्। कांग्रेसबाट विजयी गाउँपालिका उपाध्यक्षसहित बहुमत कार्यपालिका सदस्य दोस्रो गाउँसभामा पनि उपस्थित नभएकाले बजेट, नीति तथा कार्यक्रम पारित हुन सकेको छैन। बजेट पारित नभएकाले करारका कर्मचारीलाई हाजिर नगराइएको बताइएको छ।
कांग्रेसबाट विजयी तत्कालीन अध्यक्ष श्रवण जिसी विनोदले ३० वैशाखमा भएको स्थानीय चुनावमा पालिकाको बजेटबाट कांग्रेस कार्यकर्तालाई २६ लाखको हातेट्याक्टर र ११ लाखको पोलिथिन पाइप दिएका थिए। चुनावको मुखमा पालिकाको खाताबाट ३७ लाख अनियमितता भएकाले एमालेबाट विजयी अध्यक्ष तिमल्सिनाले सो बजेट गाउँपालिकाबाट व्यहोर्न नसक्ने बताएपछि कांग्रेस जनप्रतिनिधि विरोधमा उत्रेका हुन्। ३७ लाखको हिसाब मिलान गर्नुपर्ने कांग्रेसतर्फका जनप्रतिनिधिको माग पूरा नभएकाले बजेट पारित नभएको हो।
इन्द्रावती गाउँपालिकाले भने आफू प्रतिकुल निश्चित कर्मचारी मात्रै हटाएको छ । पालिकाको विभिन्न सेवामा कार्यरत १४ जना कर्मचारी लाई नाम नै तोकेको कार्यालयमा हाजिर नहुन र साउन ६ गतेभित्र सम्पुर्ण बरबुझारथ गर्न पत्र काटेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।