स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
स्थानीय सरकारहरु सँगै आफुले गरेका विकास निर्माणका काम तथा कार्यालयका सेवा प्रवाहका विषयमा वडा कार्यालयहरूले समेत सार्वजनिक सुनुवाइ गर्न थालेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं १० र १३ ले पनि आर्थिक बर्षको अन्त्यमा सार्वजनिक सुनुवाइ सम्पन्न गरेका छन् ।
चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं १३ ले सार्वजनिक सुनुवाइ मार्फत वडाले बर्षभरिमा गरेकाे गतिविधि बारे सराेकारवालाहरुलाइ जानकारी गराएकाे छ ।
आइतबार ठुलाेसिरुवारीमा भएकाे सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाध्यक्ष रामप्रसाद गाैतमले आ.ब २०८०/०८१ मा वडामा सञ्चालन भएका आयाेजनाहरुकाे फेरिस्ता वडावासी र सञ्चारकर्मी सामु सार्वजनिक गरेका थिए ।
आ.ब ०८०/८१ मा १३ नं वडाले संघिय सरकारबाट ८० लाख ,प्रदेश सरकारबाट १४ कराेड ६० लाख , नगरपालिकाबाट १ कराेड ७२ लाख र वडाकाे बजेट गरि कुल १७ कराेड सन्तानब्बे लाख रुपैयाकाे याेजनाहरु सम्मन्न गरिएकाे वडाध्यक्ष गाैतमले जानकारी दिए ।
वडाले भाैतिक निर्माणलाइ मात्र नभएर वडावासीलाइ जिविकाेपार्जनमा जाेड्ने उदेश्यले पशुपालन तथा सीप विकास कार्यक्रमहरुमा पनि जाेड दिएकाे वडाध्यक्ष गाैतमले बताए । वडावासीकै सुझावलाइ मध्यनजर गर्दै वडाले छनाेट गर्ने कार्यक्रमहरुलाइ अझै परिस्कृत गर्दै लाने उनिले प्रतिबद्धता जनाए ।
वडा सरकार घरदैलाेकाे सरकार भएकाे बताउदै वडावासीकाे सानातिना समस्याहरुलाइ समेत ध्यान दिएर अगाडि बड्न सहभागीहरुले सुझाएकाथिए । नागरिकलाइ प्रत्यक्ष लाभ हुने र आय आर्जनमा टेवा पुग्ने खालकाे दिर्घकालिन याेजना अगाडि ल्याउन सहभागी वडाबासीहरुले जनप्रतिनिधिहरुलाइ सुझाव दिएका थिए ।
शुक्रबार नगरपालिकाको वडा नं १० ले पनि चालू आर्थिक बर्षको समीक्षा गर्दै सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।