Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ १०, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धुपाल्चोकमा यसरी अलमलियो गठबन्धन

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बिजय नेपाल २०७९ बैशाख ९, शुक्रबार (१ महिना अघि) १४५ पटक पढिएको
सिन्धुपाल्चोकमा यसरी अलमलियो गठबन्धन

९ बैशाख, चौतारा ।
सत्तारुढ पाँच दल गठबन्धन नै गरेर चुनावमा सहभागी हुने भनिएपनि सिन्धुपाल्चोकमा भने गठबन्धन नै अलमलमा परेको छ । दलहरूको आपसी अहमताले सबै दलले धेरै भाग खोज्न थालेपछि गठबन्धन नै अलमलमा परेको हो ।


पाँच दलबीच गठबन्धन गर्ने भनिएपनि सिन्धुपाल्चोकमा भने मुख्य तिन मात्रै क्रियाशील छन् । नेपाली कांग्रेसको संयोजकत्वमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संलग्न वार्ता टोलीको पटकपटकको वार्ता विना निष्कर्ष टुङ्गिने गरेको बैठकका एक सहभागीले बताए । राष्ट्रिय जनमोर्चा पनि वार्तामा सहभागी हुन चाहेको भएपनि गठबन्धन नै अन्यौलमा पर्दा यसले ठोस रूप लिन सकेको छैन ।


गठबन्धनको सबैभन्दा ठुलो पार्टी नेपाली कांग्रेसले जिल्लाका १२ मध्ये ८ वटा पालीकामा आफ्नो नेतृत्व हुनुपर्ने अडानमा छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसले ३ वटा पालीका जितेको थियो । एमालेबाट जितेको बलेफी गाउँपालिका अध्यक्ष समेत कांग्रेस प्रवेश गरेकोले अहिले आफूहरूको नेतृत्वमा ४ पालीका रहेका उनीहरूको दावी छ । ‘हामीले चार पालीकाको नेतृत्व गरिरहेकाले त्यसको दोब्बर हुन आउने ८ पालीका पाउनुपर्छ भनेका हौं ।’ वार्ता समितिका संयोजक एवम् नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति जंगबहादुर लामाले भने —‘ दुईवटा पालीका जितेको माओवादीलाई पनि हामी ४ वटा पालीका दिन तयार छौं ।’ नेकपा एसलाई भने माओवादीकै भागबाट दिनुपर्ने कांग्रेसको प्रस्ताव छ ।


नेकपा माओवादी भने यो प्रस्ताव मान्न तयार छैन । जिल्लामा एमालेको शक्ति कमजोर भएको र आफूहरूको संगठन पनि थप मजबुत भएकोले आधाआधा भागबन्डा हुनुपर्ने अडानमा अझै अडिग छ । कांग्रेसलाई ६ वटा पालीकाको नेतृत्व दिएर ५ पालीमा आफू लिने र एउटा एसलाई दिने माओवादीको रहर छ । ‘यसअघि हामीले जितेका २ र दोस्रो भएको २ सहित ५ पालिकामा हाम्रो दाबेदारी कायम छ ।’ माओवादी सिन्धुपाल्चोक संयोजक गोविन्द पराजुलीले भने —‘चार पालीकामा हामी स्वतः जित्ने भएकोले गठबन्धन भएपछि थप एक पालीका माग गरेका हौं ।’ एसलाई पनि एउटा पालिकाको नेतृत्व दिनुपर्ने माओवादीको प्रस्ताव छ ।


ठूला नेताको जुँगाको लडाइँले समस्या


सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं. १ दुई ठूला नेताको क्षेत्र हो । अहिलेका प्रतिनिधि सभा सभामुख अग्निप्रसाद सापकोटा र नेपाली कांग्रेसको केन्द्रिय सदस्य एवम् पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत समेत सोही क्षेत्रका हुन् । आगामी संघीय तथा प्रदेश सभा निर्वाचनमा आफ्नो शक्ति बलियो बनाउन पनि उनीहरु दुवैजनालाई सो क्षेत्रमा सकेसम्म धेरै पालीकामा आफ्नो पार्टीको उम्मेद्वार जिताउनुछ ।


उनीहरूको आफ्नो क्षेत्रमा बढीभन्दा बढी पालीका आफ्नो पक्षमा पारेर पार्टीमा शक्तिशाली भएको पनि देखाउनुछ । त्यही आधारमा पार्टीबाट महत्वपुर्ण पदहरु हत्याउन पनि उनीहरु बढी भन्दा बढी पालीका लिने पक्षमा छन् । यसै जुँगाको लडाँईका कारण पनि सिन्धुपाल्चोकमा गठबन्धन कायम गर्न समस्या भइरहेको छ ।


कांग्रेस र एमाले मिल्न लागेको आरोप


सिन्धुपाल्चोकका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कांग्रेस एमालेसँग मिल्न लागेको आरोप लगाइरहेका छन् । आफुहरुसँग पालीका बाँडफाँडमा संख्या नमिलेपछि एमालेसँग मिल्न लागेको आरोप उनीहरूले लगाएका छन् । दुइ पार्टीका जिल्ला अध्यक्षहरुले पत्र नै काटेर आफूहरूको गठबन्धन कायम गरिदिन पाँचदलीय गठबन्धनको बागमती प्रदेश कार्यदललाई गुहार मागेका छन् ।


कांग्रेस र एमाले मिलेर गएमा आफुहरु पत्तासाफ हुन डर उनीहरुमा छ । यसअघिको निर्वाचनमा १२ मध्ये ७ पालीका जितेको एमाले आफू अझैपनि कमजोर नरहेको दावि गरिरहेको छ । माओवादी र एसले लगाएको आरोपजस्तै कांग्रेस र एमाले मिल्ने हो भने जिल्ला सबैजसो पालिका जित्ने पक्का जस्तै छ ।

प्रतिक्रिया दिनुहोस
विशेष सम्बन्धि थप
  • सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

  • सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

  • निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

  • बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    • ताजा अपडेट
    • २४ घण्टामा

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0