स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
आसन्न स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाई अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । यस वर्ष ८७ प्रकारका मतपत्र हुनेछन् । ७७ जिल्लाका लागि ७७ प्रकारका मतपत्र हुनेछन् भने ६ वटा महानगर र भक्तपुर जिल्लाका ४ वटा नगरपालिकामा छुट्टाछुट्टै प्रकारका मतपत्र हुनेछन् ।
मतपत्रमा राष्ट्रिय दलको मान्यता प्राप्त ६ वटा राजनीतिक दलको चुनाव चिन्ह सबै जिल्लाका मतपत्रमा रहनेछन् । ७७ जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका दलको चिन्ह मात्र सो जिल्लाका मतपत्रमा हुनेछन् । ६ महानगर र भक्तपुरमा ४ नगरमा भने उम्मेदवारको अन्तिम नामावली तयार भएपछि उम्मेद्वार हुने दल वा स्वतन्त्र उम्मेदवारको मात्रै चिन्ह रहनेछ । उम्मेदवारबिनाकाे चिन्ह भने ती मतपत्रमा रहने छैनन् ।
सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय मान्यताप्राप्त ६ दल सहित जम्मा २५ दलका चुनाव चिन्ह दलीय रुपमा रहनेछन् । स्वतन्त्र उम्मेदवारको लागि १३ वटा चिन्ह गरि ३८ लहरकाे चिन्ह सिन्धुपाल्चोकको हरेक मतदान केन्द्रमा मतदान हुने मतपत्रमा रहनेछन् ।
स्वतन्त्र उम्मेदवारका लागि स्थानीय तह निर्वाचन निर्देशिका अनुसार सिन्धुपाल्चोक जिल्लामा पुतलीदेखि लालटिनसम्मका चिन्ह रहनेछन् । अर्थात स्वतन्त्र उम्मेदवारले छान्न पाउने चिन्हहरूकाे पहिलो लहरमा पुतली हुनेछ भने अन्तिम लहरमा लालटिन हुनेछ ।
पुतलीपछि क्रमशः ब्याडमिन्टन कर्क, खरायो, भुँइकटहर, हाँस, आँप, गुलाफको फुल, लौरो, खानेपानीको धारा, कैँची, मुढा, जेब्रा र लालटिन रहेनछन् । ती चिन्हहरुमध्ये स्वतन्त्र उम्मेदवारहरूले आपसी समझदारीको आधारमा कुनै एक चिन्ह छान्न पाउनेछन् ।
<iframe src=”https://drive.google.com/file/d/1VElll1PaCpomyQFJ8K_l0i7e_LjtJtXk/preview”width=”640″ height=”480″ allow=”autoplay”></iframe>
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।