Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ ६, शुक्रबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

कांग्रेसका प्रतिनिधि माओवादी कार्यकर्ताबाट कुटिए

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
४ घाइते, एक जनाको अवस्था गम्भीर
खुल्ला पानासिन्धुपाल्चाेक २०७९ बैशाख २३, शुक्रबार (२ हफ्ता अघि) १३५ पटक पढिएको
कांग्रेसका प्रतिनिधि माओवादी कार्यकर्ताबाट कुटिए

बलेफी गाउँपालिकाको वडा ५ बिन्जेलको आँपबोटमा भोटको विषयलाई लिएर विवाद हुँदा माओवादी केन्द्रका कार्यकर्ताद्वारा कांग्रेसका वडा प्रतिनिधिसहितका युवाहरु कुटिएका छन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन ०७९ नजिकिँदै गर्दा बिहीबार बेलुकी नौ बजे घरदैलो अभियान सकेर घर फर्किएका बलेफी गाउँपालिका वडा ५ का वडा प्रतिनिधि कुमार तामाङसहित चार जनामाथि कुटपिट भएको हो ।

जिल्ला प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतकाअनुसार जानकारी आएलगत्तै प्रहरी पुगेको र घटनाबारे आवश्यक छलफल गर्न दुवै पक्षलाई बोलाइएको छ । कुटपिटबाट चार घाइतेमध्ये वडा प्रतिनिधि तामाङको अवस्था गम्भीर रहेको र अधिकांशको टाउको, हात र ढाडमा गहिरो चोट लागेको देखिएको छ । दुवै समूहको पक्षमा के कसरी झडप भएको भन्नेबारे आवश्यक अनुसन्धान सुरु गरिएको र यस्ता गतिविधि हुन नदिन सुरक्षाकर्मी सक्रिय रहेको उनले उल्लेख गरे । ‘यसबारे थप बुझ्दैछौं, स्थलगत रुपमा अनुसन्धान हुँदैछ,’ डीएसपी बस्नेतले भने ।

कुमारसहित घाइते खड्गबहादुर तामाङ, बयान तामाङ र सुवास तामाङको बलेफी गाउँपालिकाको खाडीचौर बजारस्थित सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यकर्मीले बोतल, ढुंगाको प्रहारले कुमारको करङ भाँच्चिएको र बाँकी तीनै जनाको टाउकोमा गहिरो चोट लागेको बताएको कांग्रेस बलेफी गाउँपालिका सभापति रामकुमार तामाङले बताए । माओवादी केन्द्रका वाईसिएल फोर्सबाट योजनाबद्ध ढंगले गरिएको सामूहिक आक्रमणले घाइते चार जनामध्ये एकको अवस्था गम्भीर देखिएको उनले आरोप लगाए । ‘तीन जनाको शरीरभरि निलडाम छन् भने टाउकोमा चोट लागेका वडा प्रतिनिधि तामाङलाई स्वास्थ्यकर्मीले धुलिखेल रिफर गरेका छन्, मत माग्ने सबैलाई अधिकार छ, यो साह्रै दुखद घटना भयो, ’ तामाङले भने ।

यसबारे माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले भने आचारसंहिताको विषयलाई लिएर सामान्य विवाद मात्रै भएको पाइएको बताए । माओवादी केन्द्रका कार्यकर्ता भने कोही पनि घाइते नभएको उनले जनाए । ‘दुवैबीच सामान्य विवादको कुरा आएको छ, ’ उनले भने ।

‘सल्लाह गर्ने बहाना बनाएर मरणासन्न हुने गरी कुटे ’

बिहीबार बेलुकी अबेरसम्म बलेफी गाउँपालिकाको आँपबोटमा नाचगान चल्दै थियो । घाइते वडा प्रतिनिधि कुमार तामाङका अनुसार चार जनालाई वाईसिएलका २० जनाको टिमसँगै बसिरहेका बलेफी गाउँपालिका ५ वडासदस्य पदका उम्मेद्वार रामबहादुर तामाङले आफूलाई ‘सल्लाह गर्नुपर्‍यो’ भनेर बोलाएका थिए ।

चिनजानको आधारमा आफू एक्लै उनीकहाँ गएको उनले बताए ।‘यहाँ तपाईंहरुले मत माग्न पाउनुहुन्न, यहाँ भोट माग्न नआए हुन्छ यो हाम्रो ‘एरिया’ हो’ भनेर धम्क्याएपछि केही बाझाबाझ सुरु भएको थियो । ‘हामीले मत माग्न पाउने सबैलाई समान अधिकार छ, यस्तो कुरा कहाँ हुन्छ ? भनेर बहस गरेका थियौं’ भनेर आफ्नो कुरा राखेको उनले बताएका छन् । आफूलाई चारैतिरबाट धकेलाधकेल भएपछि उनले केही पर बसेका तीन जनालाई गुहार माग्दै चिच्याएका थिए ।

तामाङलाई हुलबाट निकाल्न आएका तीन जनालाई देखेपछि एकाएक बोतल, लाठी, ढुंगाले जथाभावी प्रहार गर्न थालेका थिए । ज्यान जोगाउन भागेर गाउँमा पुगेका उनले लुकेर सुरक्षाकर्मी र दलका नेतालाई खबर गरेका थिए । कुटपिटका क्रममा उनको आफ्नो टाउको, ढाड र खुट्टामा चोट लागेको छ । ‘स्वास्थ्यकर्मीले करङ भाँच्चिएको भनेका छन्, टाउकोमा चोट लागेको छ, जिउ उठाउन सकिरहेको छैन्, साह्रै गाह्रो भयो, सल्लाह गर्ने बाहानामा निर्घात कुटे,भागेर ज्यान जोगायौं,’ उनले भने । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

  • सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

  • सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

  • निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    • ताजा अपडेट
    • २४ घण्टामा

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    बलेफीमा मिश्रीत परिणाम, माओवादी र काँग्रेस अध्यक्ष उपाध्यक्ष

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0