स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
स्थानीय तह निर्वाचनमा दलहरुले आचारसंहिता विपरितका क्रियाकलाप बढाउदै गएपछि सिन्धुपाल्चोकमा निर्वाचन आयोगकै टोलीले कारबाही शुरु गरेको छ । मुलुकभरिकै १७ संवेदनशिल जिल्ला मध्ये पर्ने सिन्धुपाल्चोकमा सहसविचस्तरको नेतृत्वमा खटिएको टोलीले पहिलो चरणमा प्रचारसामग्री हटाउन थालेको हो ।
सिन्धुपाल्चोकमा ठुला पाँच दलहरूले आचारसंहिता विपरीत झण्डा, तोरण प्रयोग गरेको तथा भित्तेलेखन समेत गरेको विषयमा उजुरी समेत परेको थियो । उजुर अघिसम्म उजुरी नै आएको छैन भनेर टार्ने गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरी पर्दा पनि केही गरेको थिएन । हिजोबाट निर्वाचन आयोगको निर्वाचन अनुगमन टोली जिल्लामा आएपछि आजबाट त्यस्ता सामग्री हटाउन थालिएको हो सिन्धुपाल्चोकका लागि निर्वाचन आयोगको अनुगमन टोली नं. १४ का संयोजक सहसचिव उद्धव प्रसाद पुडासैनीले बताए । पहिलो चरणमा प्रचारसामग्री हटाइने र अन्य उजुरीको सम्बन्धमा पनि अनुसन्धान भइरहेको उनले बताए ।
सिन्धुपाल्चोकमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, राप्रपा लगायतका दलले तोकिएको आकार भन्दा ठुलो झण्डा प्रयोग गर्ने, तोरण हाल्ने लगायतका आचारसंहिता विपरीतका काम गर्दै आएका थिए । आयोगले नै यसरी यस्ता सामग्री हटाउन थालेपछि साना दलका उम्मेद्वार भने सन्तुष्ट छन् । सबै दल र उम्मेदवार राज्यको नियम र कानुनभित्र रहनुपर्ने चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा मालेको तर्फबाट मेयर उम्मेदवार रहेका कृष्ण बहादुर ठकुरीले बताए ।
दलहरूले जथाभावी यस्ता सामग्री राख्दा बजार तथा बस्ती नै कुरूप देखिएको थियो । यस्ता सामग्रीको प्रयोग गर्दा हुने अनावश्यक खर्चले उम्मेदवारको चुनावी खर्च पनि तोकिएको सिमा भन्दा धेरै माथि गएको आँकलन गर्न सकिन्छ । दलहरूले पटकपटक जिल्ला आचारसंहिता समितिको बैठकमा तत्काल यस्ता सामग्री हटाउने प्रतिवद्धता गरेका भएपनि हटाएका भने थिएनन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।