स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनको मिती नजिकीदैं जाँदा सिन्धुपाल्चोकमा झडपका घटना अत्याधिक बढेका छन् । प्रचारप्रसारका समयमा पनि झडप हुनेगरेको भएपनि मौन अवधीमा भने सिन्धुपाल्चोकभर विभिन्न दलका कार्यकर्ताबीच झडपको श्रृङ्खला झन् बढेको हो ।
गएराति मात्रै सिन्धुपाल्चोकका विभिन्न स्थानमा झडप भएको छ । हेलम्बु गाउँपालिका– ३ पाल्चोकमा नेपाली काँग्रेस र नेकपा एमाले समर्थीत कार्यकर्ताहरुको बिचमा कुटाकुट भएको छ । गएराति साढे १० बजेतिर चिर्पट र खुकुरी प्रयोग गरेर कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले बताए ।
सो घटनामा संलग्न भएको आरोपमा आइतमान तामाङ, मानकाजी तामाङ र प्रेमसिं तामाङ पक्राउ परेका छन् । उनीहरुका विरुद्ध पिडीप पक्षले दिएको उजुरी भने प्रहरीले लिन नमानेपछि पिडीतहरु इलाका प्रहरी कार्यालयमा धर्ना बसीरहेका छन् घटनामा नेपाली कांग्रेसका मानदाेर्जे तामाङ र नेकपा एमालेका फिन्जाे तामाङ घाइते भएका छन् ।
कुटपिटमा एमाले समर्थक ३६ वर्षका खेन्जो तामाङ र काँग्रेस समर्थक ६० वर्षीय मानदोर्जे तामाङ घाइते भएका छन् । कुटपिटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेलम्बु– ३ घर भएका छिरिङ दोङ भन्ने प्रेमसिंह पाख्रिन, आईतमान तामाङ र मनजित तामाङ छन् । खेन्जो तामाङको घरमा ढुंगा हानेको विषयमा विवाद हुँदा झडपको स्थिती आएको थियो । घाइतेहरुको काभ्रे स्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
यता चौतारा साँगाचोकगढी नगरपालिका– ७ सानोसिरुवारीमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको छ । राती भएको झडपमा नेपाली कांग्रेसका कार्यकर्ताले वागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालको घरमा समेत आगजनीको प्रयास गरेका थिए । झडपमा दुलालको भाई कमल दुलालसहित केहि घाईते भएका छन् ।
त्यस्तै यता चौतारा साँगाचोकगढी नगरपालिका– ४ कुविण्डेमा पनि दुई दलबीच झडप भएको छ । नेकपा (एमाले)का कार्यकर्ताले नेकपा (माओवादी केन्द्र) उम्मेद्वार कुमार शर्मा माथी हातपातको प्रयास गरेका छन् । एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार राजु श्रेष्ठका १५ मोटरसाईकलमा आएका कार्यकर्ताले गए साँझ माओवादी केन्द्रका वडा अध्यक्ष कुमार शर्मालाई हातपातको प्रयास गरेका थिए । शर्माको घरमै गएर हातपात गर्न खोज्दा दुई पक्षबीच झडप भएको स्थानीयले बताए ।
त्यस्तै नगरपालिकाकै वडा नं. १३ मा पनि झडप भएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको हो । स्थानीय प्रशासनले सुरक्षा व्यवस्था चुस्त नबनाउँदा झडपको स्थिति सिर्जना भएको सरोकारवालाहरुले बताएका छन् । तर निर्वाचनमा हुनसक्ने आपराधिक क्रियाकलाप र झडपलाई नियन्त्रण गर्न र कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था चुस्त बनाउने नीति अघि सारेको डिएसपी बस्नेतले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।