स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकमा अधिकाँश स्थानमा मतगणना सकिएर मतपेटीका मतगणना स्थलमा आउन थालेको छ । उच्च सुरक्षा सर्तकताका बिच मतपेटीका निर्वाचन अधिकृतको कार्यालयमा आउन थालेको हो ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ ज्यामिरे स्वास्थ्य केन्द्रमा सामान्य झडपको स्थिती बनेकोमा सुरक्षाकर्मीले त्यसलाई नियन्त्रणमा लिएर सामान्य बनाएपछि केहीबेर रोकीएको मतदान पुनः सुरु भएको थियो । मतदान केहीबेर रोकीएकोले त्यहाँ ढिलासम्म मतदान भइरहेको छ । मेलम्ची नगरपालिकाकौ वडा नं. ५ मा पनि झडपको अवस्था बन्दा १ राउण्ड हवाइ फायर गरिएको थियो । यी दुइ केन्द्र सहित त्रिपुरासून्दरी गाउँपालिकाको वडा नंं. ३ मा पनि मतदान जारी छ । ती स्थानमा राती १० बजेसम्म मतदान जारी रहने अनुमान गरिएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले बताए ।
त्रिपुरासुन्दरी गाँउपालिका वडा नं.३, मा रहेको मतदान केन्द्रमा पनि विवाद हुँदा केही समय मतदान स्थगित भएको थियो । मतदान केन्द्रमा एउटै मान्छेले दुई पटक मतदान गरेको भन्दै स्थानीय कार्यकर्ताबीच सुरु भएको झगडाले मतदान केन्द्रछेउमा ढुंगामुडा र टेबुल तोडफोड गरेको देखिएको डीएसपी बस्नेतले जनाए ।
त्यस्तै बाह्रबिसे नगरपालिका वडा नं.३ मा रहेको क्षमादेवी माध्यामिक बिध्यालयमा झडप हुँदा ४ राउण्ड हवाई फायर गरिएको छ । अबस्था नियन्त्रण बाहिर गएपछि हवाई फायर गर्नुपरेको थियो ।
नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा बाह्रबिसे नगरपालिका वडा नं. १ घोर्थलीको मतदान केन्द्रमा पनि केहीबेर मतदान रोकिएको थियो । भूमेश्वरी माध्यमिक विद्यालयको ‘क’ मत केन्द्रमा विवाद भएकाले मतदान रोकिएको हो ।
यि बाहेक सिन्धुपाल्चोकका अन्य स्थानमा मतदान सामान्य रह्यो । मतदान सकिएर अहिले धमाधम मतपेटीका संकलन भइरहेको छ ।
सिन्धुपाल्चोकमा करिब ७० प्रतिशत मत खसेको प्रारम्भीक जानकारी आएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।