स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको ३१६ वटै मतदान केन्द्रमा मतदान सकिएको छ । मेलम्ची नगरपालिकाको वडा नं ५ तथा त्रिपुरनसुन्दरी गाउँपालिकाको वडा नं ३ को मतदान केन्द्रमा भर्खरै सम्पन्न भएको हो । दिउसो झडप भएका कारण ती स्थानमा राति अबेरसम्म मतदान भएका हुन् । मेलम्ची ९ मा अझै मतदान जारि छ ।
मतदान सकिएका सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकामा ७२.३६%, सुनकोशी गाउँपालिकामा ७३.५१%, बलेफी गाउँपालिकामा ७५.०६%, पाँचपोखरी थाङपाल गाउँपालिकामा ६९.४८%, हेलम्बु गाउँपालिकामा ६३.५७%, लिसंखुपाखर गाउँपालिकामा ६६.३३% र जुगल गाउँपालिका ७२.०८ मतदान सम्पन्न भएको छ ।
बाह्रबिसे नगरपालिका, इन्द्रावती गाउँपालिका, भोटेकोशी गाउँपालिका, मेलम्ची नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको भने मतदान सकिएपनि मतदानको अन्तिम तथ्यांक प्राप्त भइनसकेको जिल्ला निर्वाचन अधिकारि विकास रिजालले बताए ।
सिन्धुपाल्चोक जिल्लामा अहिलेसम्म प्राप्त २१४ केन्द्रको खसेको मत प्रतिशत ७१.००% रहेको छ ।
सम्पुर्ण मतपेटिका निर्वाचन कार्यालयमा प्राप्त भइसकेकोले भोटेकोसी र हेलम्बु गाउँपालिकामा अहिले राति १०:३० बाट मतगणना हुने भएको छ । बाह्रबिसे नगरपालिका वडा नं १ को मतपेटिका आएपछि आजै राति १२ बजेदेखि मतगणना गर्ने तयारि गरिरहेको छ । वडा नं १ को मतपेटिका अझै आइपुगेको छैन ।
इन्द्रावती गाउँपालिकामा भोलि बिहान ७:३० बाट मतगणना गर्ने तयारि रहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकामा पनि भोलि बिहान ७ बजेबाट मतगणना हुनेछ । बाँकी स्थानीय तहको मतगणनाको विषयमा निर्णय भइसकेको छैन ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।