स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा निवर्तमान मेयर निमफुञ्जो शेर्पालाई पराजीत गर्दै नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले जित निकालेका छन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेता केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतको गृहनगर बाह्रविसेमा अघिल्लो पटकको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुले जित निकालेका थिए । सो निर्वाचनमा एमालेका उम्मेदवारसँग पराजित बालकृष्णले यस पटक उनै शेर्पालाई पराजित गर्दै नगरको नेतृत्व आफ्नो पोल्टामा पारेका हुन् ।
नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवारी दिने निमफुन्जो शेर्पाले ५४३३ मत ल्याँउदा बस्नेतले ७७२८ मत ल्याएर विजयी भएका हुन् । उपमेयर पदमा एमालेबाटै उम्मेदवारी दिएकी निवर्तमान उपप्रमुख शुशिला पाख्रीन समेत पराजित भइन् । पाख्रिनले ५९९० मत ल्याँउदा नेपाली कांग्रेसकी उपप्रमुख मञ्जु तामाङले ६९७७ मत ल्याएर पाख्रीनलाई उपविजेता बनाइन् ।
सो नगरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार बुद्धराज बस्नेतले १२३१ र उपप्रमुख उम्मेदवार पातली थामीले १२५९ मत ल्याएर तेस्रो बनेका छन् ।
नगरपालिकाका वडा नं. १,२,३,४,५, ८ र ९ मा नेपाली कांग्रेसका उम्मेदवारले वडाध्यक्ष पदमा जितेका छन् भने वडा नं. ६ र ७ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८