Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ १०, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धुको ७ टन बढी कफि विकसित देशमा निर्यात

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ माघ ९, शुक्रबार (१ साल अघि) ८ पटक पढिएको
सिन्धुको ७ टन बढी कफि विकसित देशमा निर्यात

चौतारा, ९ माघ ।

पछिल्लो एक वर्षको अवधिमा मात्रै सिन्धुपाल्चोकबाट सात टन भन्दा वढी अर्गानिक कफि निर्यात भएको छ ।कोरोना महामारी र लकडाउनका कारण विश्वभरको अर्थव्यवस्थामा स्थीर हुँदा समेत सिन्धुपाल्चोकको कफि व्यवसायमा भने त्यसले त्यती असर नपारेको पाइएको छ ।

सिन्धु कफी सहकारी संघमार्फत पुस मसान्तसम्ममा सात टन अर्गानिक कफि विदेश निर्यात भएको हो । सिन्धुपाल्चोकको अर्गानीक कफि विकसित देश जापान, अस्ट्रेलिया, कोरिया लगाएतका देशमा निर्यात भइरहेको हो । कृषिमा समेत अब्बल मानिने ति देशहरुमा अर्गानिक कफि कोभिडअघिझैं हवाई र जलमार्गबाट निर्यात गरिरहेको जिल्ला कफि सहकारी संघ सिन्धुपाल्चोककी अध्यक्ष मञ्जु खड्काले बताइन् ।

यस वर्ष कोभिड—१९ को कारण विश्व बजारमा परेको प्रभावले बजारमा कमी आउनुको साथै र कफिमा रोग लाग्ने समस्याले उत्पादन र निर्यात केही घटेको अध्यक्ष खड्काले बताइन् । यसले किसानमा केही निरुत्साहितता समेत थपेको उनले बताइन् । “तर जापान, अस्ट्रेलिया र कोरीयामा भने सिन्धुको कफि लोकप्रिय भएकाले निर्यात रोकिएको छैन,’ खड्काले भनिन्—‘यसले सम्पूर्ण कृषकको मात्रै नभई देशको नै पहिचान उच्च राखेको छ ।’ सिन्धुपाल्चोकको अर्गानीक कफिको अन्य देशमा समेत उच्च माग रहेको उनले बताइन् ।

जिल्लाभर १ सय २४ हेक्टर क्षेत्रफलमा कफि खेती भइरहेको छ । सिन्धुपाल्चोकमा उत्पादन हुने अर्गानिक कफि तीन देशमा निर्यातयोग्य ‘कफि ग्रिन बिट’को रुपमा लिइन्छ । जसकारण यसको मुल्य समेत उच्च छ । सिन्धुपाल्चोकको कफि प्रतिकिलो ९ डलरमा बिक्री हुने गरेको र पर्याप्त मागका कारण माग अनुसारको आपुर्ती गर्न समेत नसकिएको अध्यक्ष खड्काले बताइन् ।
सिन्धुपाल्चोककम वि.सं. २०६४ सालदेखि एउटा सामाजिक संस्थाबाट सुरु गरिएको कफि खेतीलाई सहकारी संघबाट व्यवस्थित बनाएर जिल्लामा पहिलो पटक सुरु गरिएको हो । जिल्ला कफि सहकारी संघबाट ‘अर्गानिक सर्टिफिकेसन’ सकेर तीन देशमा वार्षिक सात टन कफि निरन्तर निर्यात गरिँदै आएको छ । अहिले सिन्धुपाल्चोकमा उत्पादन भएको कफि कोरियामा ‘ब्युटिफुल कफि कोरिया’, अस्ट्रेलियामा ‘हिमालयन अर्गानिक कफि अस्ट्रेलिया’ र जापानमा ‘कफि अफ नेपाल’ लगाएतका संस्थाले संस्थागत व्यापारका रूपमा नेपालबाट ति देशमा आयात गर्ने गर्ने गरेका छन् ।

उसो त सिन्धुपाल्चोकको कफि राजधानी काठमाडौंदेखि अन्य स्थानीय बजारमा समेत विक्रि भइरहेको छ । ‘सिन्धु अर्गानिक कफि’ नामक ब्रान्डको लोगो राखेर नेपालमा समेत विक्रि वितररण भइरहेको अध्यक्ष खड्काले बताइन् । जिल्लाभरको कफि उत्पादन, प्रशोधन र बजारीकरणको जिम्मा लिएको कफि सहकारी संघले नेपालमा ‘सिन्धु अर्गानिक कफि’ ब्रान्डिङ गरेर नेपालभर तथा विदेशमा समेत निर्यात गरिरहेको छ । संघसँग जिल्लाभरका १२ वटा सहकारी र १८ समूहका व्यावसायिक कफी कृषक आवद्ध छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे, चौतारा साँगाचोकगढी, मेलम्ची नगरदेखि अन्य पाँच गाउँपालिकाका करिब २ हजार १ सय ५० परिवार व्यावसायिक कफि खेतीमा लागेका छन् । यसबाट उत्पादन हुने वार्षिक ३० टनभन्दा बढी कफिबाट मात्रै वार्षिक करिब २ करोड आम्दानी हुने गरेको छ । असार महिनामा लगाइने कफीका बोटबाट पूरा उत्पादन लिन तीन वर्षको समय लाग्छ ।

  • कफि
  • सिन्धु अर्गानिक कफि
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

    सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

  • सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • खसी चोर पक्राउ

    खसी चोर पक्राउ

  • सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    • ताजा अपडेट
    • २४ घण्टामा

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    सिन्धुपाल्चोकमा जितेर पनि हारेको माओवादी

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0