स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१९ माघ, चौतारा ।
सिन्धुपाल्चोकको भुमी सम्बन्धी समस्या समाधानको जिम्मेवारी बालकृष्ण देउजाले पाएका छन् । नेपाल सरकारको भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जिल्ला स्तरीय भुमी समस्या समाधान आयोगको संयोजक देउजालाई तोकेको हो ।
देउजासँगै आयोगको सदस्यमा विज्ञ सदस्यको रुपमा इन्द्रावती गाँउपालिका—७ कि भगवती अधिकारी र सदस्यमा बाह्रविसे नगरपालिका—९ का सम्भु सापकोटालाई मनोनित गरीएको छ । उनीहरु तीनै जना नेकपा सिन्धुपाल्चोकका केपी ओली समुहका नेता हुन् ।
आयोगले जिल्लामा रहेका भूमिहीन तथा सुकुमवासीहरुको पहिचान गरि उचित बसोबासको निम्ति जग्गा उपलब्ध गराउनुको साथै भूमहीन र सुकुम्बासीहरुलाई जिविकोपार्जनको लागि समेत सहयोग गर्ने छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८