स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
काठमाण्डौ, १२ फागुन ।
नेपाल पत्रकार महासंघको निर्वाचन आगामी चैत ७ गते हुने गरी तयारी थालीएको छ । महासंघको आज बसेको निर्वाचन समितिको बैठकले यस्तो तयारी गरेको हो ।
गत फागुन ५ गते सम्पन्न महासंघको साधारण सभाले निर्वाचन समिति गठन गरी निर्वाचन सम्बन्धि सम्पुर्ण अधिकार समितिलाई नै दिएको थियो । सोही अनुसार आज बसेको निर्वाचन समिति र महासंघको संयुक्त बैठकले यस्तो तयारी गरेको हो । निर्वाचन समिति र महासंघको पर्सि बस्ने संयुक्त बैठकले यसलाई अन्तीम रुप दिने बैठकमा सहभागी एक सदस्यले बताए ।
महासंघको नयाँ नीति अनुसार केन्द्र, प्रदेश र जिल्ला तथा सबै एसोसिएटहरुको निर्वाचन एकैदिन हुनेछ । हरेक जिल्ला तथा एसोसियटका साधारण सदस्यले पनि सबै समितिका सदस्य तथा पदाधिकारीलाई मत दिन पाउनेछन् ।
नयाँ निर्वाचन तालिका अनुसार केन्द्रिय समितिका सदस्य तथा पदाधिकारीले १५ दिन अघि, प्रदेशले ७ दिन अघि र जिल्लाले ३ दिन अघि मनोनयन दर्ता गर्नुपर्नेछ । त्यसपछि एकैदिनसबै मतदानकेन्द्रमा एकैदिन मतदान हुनेछ । सोही दिन सम्बन्धित मतदानस्थलमा नै मत गनेर संख्या मात्रै प्रदेश तथा केन्द्रिय निर्वाचन समितिलाई पठाइनेछ ।
यो पत्रकार महासंघको इतिहाँसमा नै पहिलो अभ्यास समेत हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८