स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
धुलिखेल १२ फागुन ।
बागमती प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरुको लागि मल्टिमिडिया तथा अनलाइन पत्रकारीता तालिम सञ्चालन गरिएको छ । आज बुधबारबाट सुरु भएको तालिम ५ दिनसम्म सञ्चालन हुनेछ ।
बागमती प्रदेशको सञ्चार रजिष्ट्रारको कार्यालयले प्रदेशमा क्रियाशिल १९ जना पत्रकारलाई काभ्रेको धुलिखेलमा मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम शुरु गरेको हो । तालिमको बागमती प्रदेशका उपसभामुख राधिका तामाङले उदघाटन गरेकी हुन् ।
तालिममा बागमती प्रदेशका सिन्धुली,रामेछाप, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौ, भक्तपुर, ललितपुर, नुवाकोट र मकवानपुरका सहभागीहरुलाई प्रवेश सुवेदी र उमेश श्रेष्ठले सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिनेछन् ।
तालिमको उदघाटन गर्दै उपसभामुख तामाङले गुणस्तरिय समाचार उत्पादनमा यस्ता तालिम उपयोगी हुने बिश्वास व्यक्त गरिन् । उनले बागमती प्रदेश सभाले बनाएको प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन अनुसार बनाएर सञ्चालनमा आएको सञ्चार रजिष्ट्रारको कार्यालय स्थापना भएको दुई बर्ष नपुग्दै यसले सञ्चालन गरेका सिर्जनात्मक कार्यक्रमले पत्रकार र पत्रकारितालाई सहजीकरण गरिरहेको बताइन् ।
सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारले आफूले लेख्ने समाचारलाई स्थानीय नठान्न र बिश्वस्तरिय पाठक,स्रोता र दर्शक कहाँ पुग्ने समाचार उत्पादन गर्न अनुरोध गरे । “पत्रकारितालाई गुणस्तरिय बनाउन प्रविधिलाई उपयोग गर्ने बिधि र अनलाइन पत्रकारिताका बिबिध पक्षमा जानकारी गराउने उद्देश्यले यस्तो तालिमको आयोजना गरिएको हो” सञ्चार रजिष्ट्रार सापकोटाले भने —“अनलाइन पत्रकारिताको बिस्तारसँगै यसको गुणस्तर बृद्धिका लागि यस्तो तालिम सञ्चालन गरिएको हो ।” सञ्चार रजिष्ट्रारको कार्यालयले करीव ८० जना पत्रकारलाई मल्टिमिडिया तथा मोबाइलमा भिडियो रिपोर्ट तयार गर्ने कला सिकाइसकेको छ ।
उदघाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष यदु गौतम र नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमिल्सिनाले पनि तालिम सफलताको शुभकामना दिएका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।