Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २४, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

बालविवाह न्यूनीकरणका लागि चौतारा नगरका विद्यार्थीलाई अभिमुखीकरण

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ फागुन २९, शनिबार (१ साल अघि)
बालविवाह न्यूनीकरणका लागि चौतारा नगरका विद्यार्थीलाई अभिमुखीकरण

चौतारा, फागुन २९। 

बाल विवाह न्यूनीकरणका लागि माध्यमिक तहका विद्यार्थी हरू  सँग १ दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाका भित्रका २३ वटा माध्यमिक बिद्यालय हरुमा सञ्चालन गरिने सो अभिमुखीकरण कार्यक्रम गत आइतबारबाट सुरु भएको हो ।

सो अभिमुखीकरण कार्यक्रमको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा खटिई कार्य गर्दै आइरहेका जिल्लाका बाल विवाह न्यूनीकरण प्रदेश निर्माण सहजकर्ता अर्जुन शर्माले सहजीकरण गरिरेका छन् ।

हालसम्म नगरपालिका वडा नं। ४ को सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालय, वडा नं। ४ कै कालीदेवी मावि, वडा नं। ९ को इर्खु मावि र वडा नं। १ मा रहेको सेतीदेवी माविमा सो अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको सहजकर्ता शर्माले जानकारी दिए । अन्य बिद्यालयहरुमा समेत कार्यक्रम निरन्तर सञ्चालन हुने उनले बताए ।

पछिल्लो समयमा परिवारको करकापमा भन्दा पनि  आफूखुसी प्रेम बालविवाह गर्नेहरूको सङ्ख्या  बढी रहेकोले  सोही उमेर समूहका विद्यार्थीमा जनचेतना ल्याउन सकेमा बाल विवाहका घटनाका न्यूनीकरण ल्याउन सकिन्छ भन्ने हेतुले यस प्रकारको कार्यक्रम तय गरेको चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले जानकारी दिइन् ।

माध्यमिक तहका अध्ययनरत बालबालिका बालविवाह हुने उमेर समूहका हुने हुँदा उनीहरूमा नै बालविवाहले पर्ने असरको विषयमा जानकारी गराउन सके बाल विवाहका घटनामा न्यूनीकरण ल्याउन सकिन्छ उपप्रमुख पराजुलीले भनिन् ।

अभिमुखीकरण कार्यक्रममा बाल विवाहले पार्ने असर, बालविवाह गरे वा गराएमा हुनसक्ने कानुनी सजाय र बाल विवाह न्यूनीकरणमा विद्यार्थी, अभिभावक र विद्यालयको भूमिकाको विषयमा जानकारी गराइएको सहजकर्ता शर्माले जानकारी दिए  ।

नगरपालिकाले नगरपालिकामा बालविवाह न्यूनीकरणमा टेवा पुग्ने हेतुले नगरपालिकाबाट सञ्चालनमा रहेका ३ वटा रेडियोहरूमा बाल विवाह न्यूनीकरणमा टेवा पुग्ने  जिंगलहरु समेत प्रसारण गरिरहेको छ ।

नगरपालिकाले बाल विवाहले पर्ने असर र प्रभावको बारेका समुदायमा चेतना फैलाउने उद्देश्यले विभिन्न स्थानमा होडिङ बोर्ड समेत राख्ने तयारी गरिरहेको चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले जानकारी दिइन् ।

यस्तै नगरपालिकाले बाल विवाह न्यूनीकरणमा विद्यार्थीको भूमिका विषयमा मावि स्तरीय निबन्ध लेखन कार्यक्रम समेत गर्ने कार्यक्रम तय गरेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोग र दिगो मिडिया एण्ड रिसर्च प्रा.लि.को आयोजनमा अन्तरक्रिया कार्यक्रम भएको हो ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले २०७८ सम्ममा प्रदेशलाई बाल विवाह मुक्त प्रदेश बनाउने रणनीतिका साथ सशर्त अनुदानमा प्रदेशका सम्पूर्ण स्थानीय तहहरूमा बाल विवाह न्यूनीकरणका लागि सामृुदाय परिचालको लागि बजेट समेत विनियोजन गरेको छ ।

सिन्धुपाल्चोकका अन्य स्थानीय तहले समेत बाल विवाह न्यूनीकरणमा सहयोग पुग्ने खालका विभिन्न कार्यक्रमहरू गर्दै आइरहेका छन् ।

२० वर्ष उमेर नपुगेका बालक वा बालिकाबिच हुने विवाहलाई बाल विवाह भनी नेपालको कानुनले भनेको छ । २० वर्ष उमेर नपुगेका बालक र बालिका आफैँले राजी खुसीले अथवा आमाबुबा वा अभिभावकको स्वीकृतिमा विवाह गरे भने पनि त्यस्तो विवाहलाई बाल विवाह नै मानिन्छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को उपदफा ९१० मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्नु गराउनु हुँदैन यदि यस्तो प्रकारको विवाह भएमा विवाह स्वतः बदर हुने कानुनमा उल्लेख छ ।

नेपालको कानुनमा बाल विवाह गर्ने र गराउने व्यक्तिलाई बालबालिका विरुद्धको कसुर मानी ७५ हजार सम्म जरिवाना र ३ वर्ष सम्मको कैद हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

  • लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

  • जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

  • घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    संसदमा सुबोध सापकोटाको पहिलो भाषण(पुर्णपाठ)

    युवराज दुलाललाइ बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0