स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
५ चैत, चौतारा ।
सरकारले बैशाख १७ र २७ गतेको लागि निर्वाचान मिति घोषणा गरेपछि बन्द गरिएको मतदाना नामावली संकलन कार्य आजबाट पुनः शुरु हुने भएको छ । निर्वाचन आयोगले सबै जिल्ला निर्वाचन कार्यालयलाई पत्र काट्दै संकलन तथा अद्यावधीक कार्य शुरु गर्न निर्देशन दिएको हो ।
आयोगले तोकिए बमोजिमको प्रमाण लिइ आउने व्यक्तिलाई मतदाता नामावली ऐन २०७३ बमोजिम मतदाता नामावली संकलन गरिदिन कार्याहरुलाई परिपत्र गरेको हो । नयाँ नामावली संकलनका साथै पुरानो नामावलीमा भएको त्रुटी सच्चाउन समेत आयोगले फुकुवा गरेको हो । त्यसैगरी मृत्यु भएका , विवाह वा बसाइसराइ गरी अन्यत्र गएकाहरुको नाम हटाउन समेत आयोगले पठाएको परिपत्रमा उल्लेख छ ।
सरकारले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै बैशाखको लागि निर्वाचन मिति तोकेको थियो । त्यस लगतै मतदाना नामावली संकलन कार्य समेत रोकिएको थियो । सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेसँगै निर्वाचन समेत सो मितिमा नहुने भएपछि आयोगले पुनः मतदाना नामावली संकलन गर्न लागेको हो ।
मतदाता नामावलीमा नाम दर्ता गर्नको लागि नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्ति स्वयम् आफुलाई पाएक पर्ने निर्वाचन कार्यलयमा गई विद्युतिय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण संकलन गराउन सक्दछन् । मतदाता बन्नको लागि १८ वर्ष उमेर पुरा गरेको हुनुपर्ने भएपनि १६ वर्ष पुरा भइ नागरिकता प्राप्त व्यक्तिले आफ्नो नाम संकलन गराउन सक्नेछन् । १८ वर्ष उमेर पुरा नभइ मतदानको अधिकार भने पाउने छैनन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।