स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चैत ७, बाह्रविसे ।
चैत ७ मा सम्पन्न सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा होमबहादुर बस्नेत (राजकुमार) सहित १८ जना निर्विरोध चयन भएका छन् । सदस्य पदमा उम्मेद्वारी दिएका ४२ जनामध्ये २५ जनाले मनोनयन फिर्ता लिएपछि बाँकी १७ जना निर्विरोध निर्वाचित भएका हुन् ।
बुधबार भएको मनोनयन दर्तामा अध्यक्ष पदका लागि बस्नेतबाहेक अन्यको उम्मेद्वारी नपरेपछि उनी भने निर्विरोध अध्यक्षमा निर्वाचित भएका थिए । सहमतिको लागि गरिएको लामो रस्साकस्सी पछि २५ जना उम्मेद्वारले मनोनयन फिर्ता लिएका हुन् । निर्वाचित हुने सदस्यहरुमा अमृत कार्की, उद्धव पौडेल, उमेश प्रधान, तिर्थराज पौडेल, प्रकाश आचार्य, प्रकाश दाहाल, विचारी पराजुली, विदुर खड्का, मन्दु थापा, मोहनभक्त श्रेष्ठ, रमेश बस्नेत, राजकपुर खत्री, राजेश श्रेष्ठ, रामचन्द्र कार्की, शिबहरी श्रेष्ठ, सुर्यबहादुर कार्की र सोभियत पौड्याल रहेका छन् ।
जिल्लाका उद्योगी, व्यवसायीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २५ औं साधारण सभा तथा १० औं अधिवेशनका नयाँ नेतृत्वका लागि तोकिएको निर्वाचनमा उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
संघको कार्यसमितिको पदाधिकारीका लागि सदस्यबाट प्रक्रियागत रुपमा मनोनित गरि छानिनेछ । पदाधिकारी १३ जना मनोनित गरिने सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले जनाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।