स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१२ चैत, चौतारा ।
कोरोना भाइरसबाट लाग्ने कोभिड—१९ को दोस्रो लहर शुरु भएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सचेतनाका लागि माइकिङ अभियान शुरु गरेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघसँगको सहकार्यमा प्रहरीले सो अभियान शुरु गरेको हो ।
माइकिङको क्रममा जिल्लाबासीलाई सार्वजनिक स्थालमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरिएको छ । भौतिक दुरी कायम गर्न, अनावश्यक भिडभाड नगर्न तथा सकेसम्म घरभित्रै बस्न प्रहरीले अनुरोध गरेको छ । माइकिङको क्रममा बेलाबेलामा साबुनपानीले हात धुन र सेनीटाइजारको प्रयोग गर्न समेत सुझाव दिइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायब निरिक्षक घनश्याम नेपालले बताए ।
माइकिङको क्रममा विभिन्न जात्रा तथा पर्व मनाउँदा शुरक्षित भइ मनाउन समेत अनुरोध गरिएको छ । विशेषगरी आँउदै गरेको होली पर्वमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै सकेसम्म घरमै होली मनाउन र घर बाहीर निस्कीदा अनिवार्य मास्कको प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।
जिल्लाको चौतारा बजार सहित विभिन्न बस्तीहरुमा माइकिङ गरिएको हो । माइकिङमा उद्योग वाणिज्य संघका प्रतिनिधि निर्मल बस्नेत, निर्माण व्यवसायी संघ, सिन्धुपाल्चोकका सचिव शिव श्रेष्ठ लगाएत स्थानीय व्यापारी तथा व्यवसायीहरुको समेत सहभागिता रहेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।