Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • English Edition
© 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ जेष्ठ १०, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सामाजिक जवाफदेहि बन्दै जिल्लाका सरकारी कार्यालय

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७७ चैत्र १५, आईतबार (१ साल अघि) ७ पटक पढिएको
सामाजिक जवाफदेहि बन्दै जिल्लाका सरकारी कार्यालय

१५ चैत, चौतारा ।

सिन्धुपाल्चोक जिल्लाका सरकारी तथा सार्वजनिक कार्यालयहरु जनताप्रति जवाफदेही बन्न थालेका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपाल(टीआइ)ले गरेको एक अध्ययनमा ति कार्यालयहरु जवाफदेहि बन्दै गएको निश्कर्ष निकालेको हो ।

टीआइले भुकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा सदाचार कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न २५ वटा कार्यालयहरुको चरणवद्ध अनुगमन गरेको थियो । अनुगमनको क्रममा सामाजिक जवाफादेहीता अन्तर्गत पर्ने नागरिक वडापत्र अध्यावधिक गरे नगरेको, सुचना पाटी राखे नराखेको, सुचना अधिकारी तोके नतोकेको, गुनासो सुन्ने अधिकारी भए नभएको अध्ययन गरिएको थियो ।

सबैभन्दा धेरै सेवाग्राहीको पँहुच भएको मालपोत कार्यालयमा नागरीक वडापत्र अध्यावधिक नगरिएकोमा अनुगमनपछि भने सो वडापत्र अध्यावधिक गरिएको थियो । अहिले सो वडापत्र अध्यावधिक भएपछि सेवाग्राही समेत खुसी भएका छन् । “तीन चार वर्ष अघि छोराहरुलाई अंशवण्डा गरिदिन मालपोत कार्यालय आँउदा आफुले केही नजानेर महंगो पैसा तिरेर लेखापढीलाई काम लगाउनु परेको थियो ।” इन्द्रावती गाँउपालिका —६, बाँडेगाँउका मनोरथ आचार्यले त्यतीबेला आफ्नो जग्गाको रोक्का हेर्न समेत लेखापढी लगाउनु परेको सम्झदै भने —“अहिले भने बडापत्र हेरेर लेख्ने काम मात्रै थोरै पैसामा लेखापढीलाई लगाएर बाँकी काम आफुले नै गर्न सकें ।” अहिले जग्गा बेच्न आएका आचार्यले नजानेको काम मालपोत अधिकृतलाई सोधेरै कम खर्चमा नै काम सिध्याए ।

नागरिकहरुको भिडभाड हुने जिल्ला प्रशासन कार्यालयमा समेत अहिले विचौलिया विना नै सेवाग्राही आँफैले आफ्नो काम गर्न सक्छन् । आफ्नो काम अनुसार हरेक झ्यालमा नै फाँटको नाम स्पष्ट रुपमा लेखिएकोले सेवाग्राही आफ्नो काम अनुसारको झ्यालमा गएर सेवा लिन सक्दछन् । कुनै कुरामा अस्पष्टता भएका कार्यालयको ढोकामा नै रहेको सहयता कक्षबाट थप जानकारी समेत लिन सक्दछन् । जसको कारण अहिले प्रशासन कार्यालयलाई विचौलियामुक्त कार्यालय समेत बनाउन सकिएको छ ।

टीआइले गरेको निरन्तर अनुगमनको क्रममा नै कार्यालयहरु यसरी सेवाग्राहीमैत्री बन्न सकेका हुन् । टीआइको पहिलो अनुगमनको क्रममा नागरिक वडापत्र समेत नभएका स्वास्थ्य कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, डिभिजन वन कार्यालय लगाएत विभिन्न ९ वटा कार्यालयहरुले अहिले कार्यालय प्रवेश गर्नासाथ देखिनेगरि नागरीक वडापत्र राखेका थिए । यसअघि डीजिटल सुचना पाटी राखेको जिल्ला प्रशासन कार्यालयले पनि टीआइसँगको छलफलपछि सेवग्राहीलाई बुझ्न सजिलो हुनेगरी फ्लेक्स प्रिन्ट गरिएको लिखित वडापत्र अध्यावधिक गरेको टीआइका जिल्ला संयोजक उमेश विश्वकर्माले बताए ।

विभिन्न २५ वटा कार्यालयमा गरिएको अनुगमनमा हाल ति सबै कार्यालयहरुमा औषतमा ८२ प्रतिशत सामाजिक जवाफदेहिताका औजार प्रयोग भइरहेको संयोजक विश्वकर्माले बताए । “हामिले नागरिक वडापत्र, सुचना पाटी र सुचना अधिकारी सहित गुनासो पेटीका, निर्माणस्थलमा जानकारी सहितको होर्डिङ् बोर्ड नियमीत सार्वजनिक सुनुवाई लगाएतको विषयमा अनुगमन र छलफल गरेका थियौं,” संयोजक विश्वकर्माले भने —“शुरुशुरुमा कार्यालयले खासै चासो नदिएको भएपनि पटकपटकको प्रयासपछि हामीले कार्यालयहरुलाई सामाजिक जवाफदेहीमैत्री बनाउन सकेका छौं ।”

टीआइले जिल्ला आयोजना कार्यान्वायन इकाइ(शिक्षा) र यसअघी सामाजिक जवाफदेहिताका कुनै पनि औजार प्रयोगमा नल्याएका जिल्ला आयोजना कार्यान्वयन इकाइ(भवन)मा नागरिक वडापत्र राख्न आर्थिक सहयोग समेत गरेको थियो । अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार (जिमाली)ले भने शुन्यबाट शतप्रतिशत सामाजिक जवाफदेहिताको औजार प्रयोग गरिरहेको छ । अहिले जिल्लाका २५ वटै सरकारी कार्यालयहरुमा यस्ता सुचनापाटीहरु राखिएका छन् । यसअघि धेरै कम मात्रामा प्रयोग हुने गरेका सामाजिक जवाफदेहिताको औजार प्रयोगको अवस्था जिल्लामा अहिले भने ८२ प्रतिशत रहेको टीआइको तथ्याङ्कमा छ ।

 

  • खुल्लापाना
  • सामाजिक जवाफदेहिता
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

    सिन्धुमा एकैदिन तीन फरक दुर्घटनामा तीन जनाको मृत्युु

  • सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    सिन्धुखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • खसी चोर पक्राउ

    खसी चोर पक्राउ

  • सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको उम्मेद्वार सुची

    • ताजा अपडेट
    • २४ घण्टामा

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    निवर्तमान मेयर पन्छाउँदै बाह्रबिसे कांग्रेसको पोल्टामा

    सिन्धुपाल्चोकको कुन पालिकामा कस्को कति मत?(अपडेट)

    सिन्धुपाल्चोक सेलाङमा कांग्रेसका जनक विजयी

    सिन्धुपाल्चोकमा यसरी हुदैंछ मतगणना(फोटोकथा)

    सिन्धुपाल्चोकका तीन स्थानमा मतदान बाँकी

    सिन्धुपाल्चोकमा कहाँ कति मतदान? मतगणना कहिले?

    समाचार
    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    इन्द्रावतीका अध्यक्ष नेपालको प्रतिवद्धताः एकल पुरुषलाई भत्ता

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    पदबहाली गर्दै स्याङ्वोले भने- तलबभत्ता लिन्न

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ८३ वडा र ७ पालिकामा कस्को कती जित?

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    सिन्धुपाल्चोकका ७ पालिकाको प्रतिनिधिको नतिजा

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2022 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0