स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१४ वैशाख, चौतारा ।
हेलम्बु गाँउपालिकाको कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै गाँउपालिकाको सबै सेवा स्थगित गरिएको छ । गाँउपालिकाले भोली बुधबारबाट अर्को सुचना नआएसम्मको लागि सेवा प्रवाह बन्द गरेको हो ।
गाँउपालिकाले कार्यालयका कर्मचारीहरुको १३ गते कोरोना परीक्षण गरिकोमा केही कर्मचारीमा कोरोना संक्रमण रहेको आज पुष्टि भएको हो । संक्रमित कर्मचारीसँग निकट रहेकाहरुको परीक्षण भइरहेको र सेवाग्राहीमा समेत कोरोना फैलन सक्ने भएकाले सेवा बन्द गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाले जारी गरेको सुचनामा अर्काे सूचना नआएसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको उल्लेख छ ।
गाँउपालिकाले १३ गते नै निर्णय गरि पालिकाभरीका सम्पुर्ण विद्यालय अर्को सुचना नभएसम्मको लागि बन्द गरिसकेको छ । सोमबार गाउँपालिका स्तरीय कोरोना संकट व्यवस्थापन समितिको बैठक बसी गाउँपालिकामा सञ्चालित विद्यालय तथा सम्पूर्ण परीक्षा बन्द गरेको हो । साथै समितिले गैरसरकारी संस्थाद्वारा सञ्चालन गरेको सबै कार्यक्रम पनि स्थगित गरेको छ ।
सिन्धुपाल्चोक जिल्ला कोेभिड १९ संकट व्यवस्थापन समितिको बैठकले भने जिल्लाका सबै विद्यालय वैशाख मसान्तसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार सिन्धुपाल्चोकमा वैशाख मसान्तबाट मात्रै विद्यालय बन्द गरिने भएपनि हेलम्बु गाँउपालिकाले भने सो निर्णय आउनुभन्दा अगाडी नै विद्यालय बन्द गर्ने आन्तरीक निर्णय गरिसकेको थियो ।
त्यस्तै जिल्लाको जुगल गाँउपालिकाले पनि अर्को सुचना नआएसम्मको लागि वैशाख १५ गतेबाट भौतिक उपस्थितीमा हुने पठनपाठन बन्द गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको महामारी गाँउपालिकामा समेत फैलन सक्ने भएकोले पालिकाका विद्यालयहरु बन्द गरिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।