Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन ६, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

गैरजिम्मेवार बन्दै जिसस प्रमुख

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ बैशाख २०, सोमबार (२ साल अघि)
गैरजिम्मेवार बन्दै जिसस प्रमुख

२० बैशाख, चौतारा ।

कोरोना महामारीको समयमा सबैभन्दा जिम्मेवार बन्नुपर्ने व्यक्ति नै गैर जिम्मेवार बनिदिँदा त्यसले समुदायमा पार्ने असर हामी सबैले आँकलन गर्न सक्छौं । आम सर्वसाधारणले गर्न नसक्ने तर जिम्मेवार व्यत्तिले गर्नसक्ने काम उनैले नगरिदिँदा सिन्धुपाल्चोक जिल्ला यतिखेर कोरोना संक्रमणको उच्च जोखीममा रहेको छ ।

अन्य कार्यक्रम तथा अवसरहरुमा जिल्लाको सबैभन्दा उच्च पदस्थ व्यक्ति म हुँ भन्दै अगाडी आउने जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङको गैरजिम्मेवारीका कारण यतिखेर सिन्धुपाल्चोकमा कोरोना संक्रमितलाई राख्नको लागि आइसोलेशन समेत निर्माण हुन सकेको छैन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको वैठकमा प्रमुख जिम्मेवारीका साथ सहभागी हुने तामाङ आफ्नो जिम्मेवारीमा केही काम आएपछि मौन बस्ने गरेका छन् भने उनी आफैं सरकारले तोकेको मापदण्डलाई लात हान्दै ठुला भेला गर्दै हिडेका छन् ।

आइसोलेशन बनाउन मौन

केही दिन अघि बसेको डीसीसीएमसीको बैठकमा आइसोलेशन वार्ड तयार गर्न भवन खोजी गर्ने विषयमा भएको छलफलमा उनी मौन बसे । उनी मौन बस्नुको कारण पनि उनीसँग सम्बन्धित भवनको प्रस्ताव आउनु हो ।

हाल जिससले भोगचलन गरिरहेको नयाँ पक्कि भवनमा अघिल्लो वर्षको कोरोना महामारीमा आइसोलेसनको रुपमा प्रयोग गरिएको थियो । सो भवन आइसोलेसनमा प्रयोग गरिरहँदा जिससको काम कारवाहीसँगै रहेको प्रीफ्याब भवनबाट भइरहेको थियो । कोरोनामा महामारी केही सहज भएर अवस्था सामान्य बनेपछि आइसोलेसन हटाएर नयाँ भवनमा जिससको कार्यालय र जिल्ला आयोजना कार्यान्वयन इकाइ(निजी आवास तथा अनुदान व्यवस्थापन) को कार्यालय सञ्चालन भइरहेको छ । जिसस नयाँ भवनमा सरेपछि साविक सञ्चालमा रहेको प्रीफ्याबको भवन अहिले खाली छ ।

सो खाली रहेको भवनमा आइसोलेशन वार्ड निर्माण गर्ने वैठकको प्रस्तावमा उनै जिसस प्रमुख तामाङ मौन बसेका हुन् । उनी मौन बसेपछि उनकै मातहतमा रहेको सो भवन आइसोलेशन वार्डको रुपमा प्रयोग गर्ने बारे निर्णय हुन सकेन । त्यसकै कारण यो समाचार तयार पार्दासम्म कुल ८६ संक्रमित मध्ये १ जना मात्रै चौतारा अस्पतालको आइसोलेशनमा छन् भने बाँकी ८५ जना जोखीम मोलेर आफ्नै घरमा बसीरहेका छन् ।

जिल्लामा कन्ट्याक ट्रेसिङबाट नयाँ संक्रमित थपिने दर उच्च छ । यदि संक्रमितलाई सुरक्षीत आइसोलेशनमा राख्न सकिएको भएको समुदायमा संक्रमण फैलिने दर कम हुने थियो । जिससको सो भवन आइसोलेशन बनाउन तामाङ तयार नभएपछि खाली जग्गामा टेन्ट हालेर आइसोलेशन बनाउने तयारी भइरहेको वैठकमा सहभागी एक सदस्यले बताए ।

भेला गर्दै हिड्दै

आफै सहभागी भएको वैठकमा स्वास्थ्य मापदण्ड कडाइका साथ लागु गर्ने भनि निर्णय गरेका तामाङले सो आफ्नै निर्णयलाई लात हान्दै भेला गर्दै हिडेका छन् । तामाङ आफै प्रमुख अतिथि भएर मेलम्ची नगरपालिकाका मेयर, उपमेयर लगाएत उपस्थित गराएर उनले सयौं कार्यकर्ता भेला गराएका छन् । नेपाल कम्युनिष्ठ पार्टी(एमाले)को मेलम्ची नगरपालिका ९ को अगुवा कार्यकर्ता भेलामा आइतबार उनी सहभागी भएका हुन् । कार्यकर्ता भेला भनिएपनि ज्यामीरेका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु जम्मा गरेर एक विद्यालयको प्रअको घरमा सो भेला गरिएका हो ।

भेलामा एक सयको हाराहारीमा मानिस भेला भएको भेलामा सहभागी माधव नेपाल समुहका एक कार्याकर्ताले खुल्लापानालाई बताए । सरकारले भेला तथा सम्मेलन नगर्न तथा गर्नेपरे २५ जना भन्दा बढी भेला नगर्ने निर्णय गरेका भएपनि जिल्लाका अगुवाले नै सो निर्णय तोडेका हुन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

  • निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

    निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

  • हेलम्बुको ग्याल्थुममा सडक खुलाउने प्रयास शुरु(७ फोटो)

    हेलम्बुको ग्याल्थुममा सडक खुलाउने प्रयास शुरु(७ फोटो)

  • सानोसिरुवारी र स्याउले-काठमाडौं अब विद्युतीय गाडि चल्ने

    सानोसिरुवारी र स्याउले-काठमाडौं अब विद्युतीय गाडि चल्ने

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    समाचार
    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0