स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२० बैशाख, जलबीरे ।
सिन्धुपाल्चोकको जुगल गाँउपालिका वडा नं. ५ मा रहेको रत्नराज्य माद्यामिक विद्यालयको भवनमा ७० वेडको आइसोलेशन वार्ड बन्ने भएको छ । जुगल गाँउपालिका र बलेफी गाँउपालिकाको संयुक्त लगानीमा सो आइसोलेशन व्यस्थापन हुन लागेको हो ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमणले जिल्लामा खतराको घण्टी बजाइरहेको बेलामा आज सोमबार बसेको जुगल र बलेफी गाउँपालिका बीचको बैठकले कोरोना महामारीलाई साझा सरोकारका रुपमा लिइ चनौटेमा २० बेडको अक्सिजन सुविधा सहितको र ५० वेडको सामान्य सेवा सहितको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो । ‘काठमाणडौं लगाएत ठुला शहरका ठुला हस्पिटलहरूमा अव कोभिड उपचार कठिन हुदै गएको छ’, जुगल गाँउपालिकाका अध्यक्ष एवं गाँउपालिका राष्ट्रिय महासंघका समेत अध्यक्ष होमनारायण श्रेष्ठले खुल्लापानालाई भने —‘ यो विषम घडीमा जिल्ला स्थित संयन्त्र, अन्य पालिकाहरु र प्रदेश तथा संघीय संरचनासंग आवश्यक सहयोगका लागि अपिल गर्दछौं ।’
जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाई सहित बसेको सो बैठकले आइसोलेसन सेन्टर सञ्चालन तथा व्यवस्थापनका लागि कार्यविधी तयार गर्न एक कार्यसमिति समेत बनाएको छ । सोही समितिकाे सुझावका आधारमा दुइ स्थानीय तहका कार्यपालिका स्तरबाट निर्णय लिइ तत्काल अस्थायी आइसोलेसन सेन्टर सञ्चालन गर्ने योजना तय भएको छ ।
सो आइसोलेशन केन्द्रमा कोभिड रेस्पोन्सका लागि २ जना मेडिकल अफिसर सहितको स्वास्थ्य टोली, अक्सिजन सिलिण्डर, आवश्यक औषधीहरुको समेत व्यवस्थापन गर्नेगरी तयारी भइरहेको अध्यक्ष श्रेष्ठले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।