स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२२ बैशाख , चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाको कुविण्डे र कदमबासमा कोरोना संक्रमितको संख्या अत्यधिक हुन थालेपछि सो स्थानहरु शील गर्न नगरपालिकाले सिफारिस गरेको छ । नगरपालिकाको वडा नं ४ कुविण्डे र वडा नं ९ कदमबास शिल गर्न आज बैशाख २२ गते बसेको नगर स्तरीय कोभिड १९ संकट ब्यवस्थापन समितिको बैठकले जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको हो । ।
निर्णयानुसार नगरपालिकाको वडा नं ४ (साबिक कुबिन्डे गाबिस ५,६,७,८ र ९) र वडा नं ९ कदमबास (साबिकका ९ वटै वडा)लाई शील गर्न र चौतारा बजारमा रहेका खाद्यान्न पसल, फलफुल तथा तरकारी पसल, मेडिकल तथा भेटेरिनरी पसल, निर्माण सामग्रीका पसल बाहेक सबै पसलहरु बन्द गराउन जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले आपतकालीन सेवा चुस्त दुरुस्त राख्नविभिन्न विषयगत फोकल पर्सन समेत तोकोको छ । नगरभित्रका एम्बुलेन्सहरु संग समन्वय गर्न नगरपालिकाका कर्मचारी रोहित शर्मा 9851234574, संक्रमित हरुसंग समन्वय गर्न नगर स्वास्थ्य शाखा प्रमुख शिव बहादुर पुरी 9841538457 र
आइसोलेसन संग समन्वय गर्न कर्मचारी चिरञ्जीवी कट्टेल 9851151682 लाई फोकल ब्यक्ती तोकी आपतकालीन सेवा चुस्त राख्ने निर्णय गरेको नगरपालिकाका कर्मचारी एवं एम्बुलेन्स फोकल पर्सन शर्माले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।