Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २४, मंगलबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

अनुदानको किस्ता रोकीँदा भुकम्पपीडित मारमा

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ बैशाख २३, बिहिबार (१ साल अघि)
अनुदानको किस्ता रोकीँदा भुकम्पपीडित मारमा

२३ बैशाख, चौतारा ।

सिन्धुपाल्चोकमा भुकम्पपीडितले पाउनुपर्ने आवास निर्माणको अनुदान किस्ता रकम रोकिँदा उनीहरु मारमा परेका छन् । किस्ता आउला र उधारो तिरौंला भनेर बसेका उनीहरु किस्ता रोकिँदा मारमा परेका हुन् ।

गत फागुन मसान्तमा भुक्तानि दिएपछि चैत १ गतेबाट किस्ता रोकीएको हो । अनुदानको लागि पीडितले निवेदन दिएर सो फाइल अन्तीम भुक्तानीका लागि चेक बन्ने प्रकृयासम्म पुग्न एक महिनाभन्दा वढी समय लाग्छ । यसरी फागुनमसान्तपछि किस्ता रोकिंदा पुसमा आवास निर्माण सकेका लाभग्राहीले समेत अझैसम्म अनुदान बापतको रकम नपाएका हुन् । जसले गर्दा किस्ता बापतको रकम आएपछि तिर्ने सर्तमा उधारोमा निर्माण सामाग्री किनेका भुकम्पपीडित धेरै मारमा परेका हुन् ।

सिन्धुपाल्चोकका इन्द्रावती गाँउपालिका —११ का सुमन सापकोटाले गत पुस महिनामा मै घर निर्माण गरिसकेका छन् । इट्टा सिमेन्टको जडाइ गरिएको सो घर निर्माण गर्न उनले ५ लाख भन्दा धेरै रकम खर्च गरे । सो मध्ये इट्टा र सिमेन्टको पैसा उधारो राखेर घर निर्माण गरेका उनले किस्ता नआँउदा सो रकम तिर्न सकेका छैनन् । ‘साहुले पैसा चाहीयो भनेर भन्न थालिसकेका छन्,’ सापकोटाले भने —‘अन्तीम किस्ता बापतको ५० हजार रुपैंया आएपछि तिरौंला भनेर कुरीरहेको छु ।’ अन्तीम किस्ता नआएर उधारो तिर्न नपाएका भुकम्पपीडितको संख्या यो समाचार तयार पार्दासम्म चार सय ११ रहेको छ ।

पुनर्निर्माण प्राधिकारण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा निजी आवास), सिन्धुपाल्चोकका सुचना अधिकारी रविराज धितालका अनुसार अर्थ मन्त्रालयबाट निकासा रोकिदाँ चैत महिनादेखि अहिलेसम्म दोस्रो किस्ता भुक्तानीका लागि योग्य भएका तर नपाएका लाभग्राहीको संख्या एक हजार ७७ छ । ‘हामीले सबै प्रकृया सकेर अन्तीम भुक्तानीका लागि फाइल तयार गरेका राखेका छौं, ’ सुचना अधिकारी धितालले भने —‘तर अर्थ मन्त्रालयबाट बजेट निकासा रकम नआँउदा हामीले भुक्तानि दिन सकेका छैनौं ।’

हुन त निकासा नआएर भुक्तानी रोकिएको यो पहिलो पटक भने होइन । यसअघि पनि पटकपटक अर्थ मन्त्रालयले निकासा रोक्दै आएको छ । भुकम्पपीडित जस्तो संवेदनशिल काममा मन्त्रालयले लापरवाही गरी निकासा रोकिदिँदा भुकम्पपीडित त मारमा पर्छन् नै, कार्यालयका कर्मचारी समेत अप्ठ्यारोमा पर्ने गरेका छन् । किस्ता रोकिएपछि हरेक दिन लाभग्राहीले मेरो किस्ता किन रोकियो भनेर फोन गर्ने गरेका छन् । कोही कोही लाभग्राही र जनप्रतिनिधि त कार्यालयमै आएर दवाव दिने गरेको धितालले बताए ।

आगामी असारमसान्तबाट पुनर्निर्माण प्राधिकरण अन्तर्गतका सबै कार्यालयहरु खारेज हुँदैछन् । सो कार्यालय खारेज भएपछि पुनर्निर्माणको स्वमित्व कसले लिने भन्ने विषय अझैपनि छलफलमै छ । यो असहज समयमा छिटोछिटो पुनर्निर्माण सक्नुपर्नेमा एकतिर निर्माण सम्पन्न गरिसकेका लाभग्राहीले किस्ता वापतको रकम पाएका छैनन् भने पुनरावेदन मार्फत नयाँ लाभग्राही थपिने क्रम पनि जारी छ । यस्तो अवस्थामा छिटो भन्दा छिटो पुनर्निर्माण सम्पन्न गर्नुपर्नेमा मन्त्रालयबाट निकासा रोकीदा पुनर्निर्माण नै अन्यौलमा परेको छ ।

पुनर्निर्माणपछि चिटिक्क मेलम्चीघ्याङ

पुनर्निमाण प्राधिकारणले असारमसान्तसम्म पुनर्निर्माण गरिसक्न दवाव दिइरहेको छ । असारबाट प्राधिरकण नै खारेज हुने भएकोले सो भन्दा अगाडी नै पुनर्निर्माण सक्न प्राधिकरणलाई समेत दवाव छ । तर अर्थ मन्त्रालयले बेलाबेलामा निकासा रोकिदिँदा यसले पुनर्निर्माणमा नै प्रभाव पारिरहेको छ । पहिलो किस्ता पाएर आवास निर्माण सुरु गरेका कतिपय लाभग्राहीको दोस्रो किस्ता नपाँउदा आर्थीक अभावका कारण निर्माण सम्पन्न गर्न पाएका छैनन् । जसोतसो निर्माण सम्पन्न गरेका लाभग्राही समेत किस्ता रोकिएकै कारण चर्को ब्याजमा ऋण लिन बाध्य छन् ।

कहाँ पुग्यो सिन्धुपाल्चोकको निजी आवास पुनर्निर्माण ?

कुल ९१ हजार १२ जना लाभग्राही भएको सिन्धुपाल्चोकमा ९८ हजार ४४० जनाले अनुदान सम्झौता गरी ८९ हजार ४३८ जनाले पहिलो किस्ता वापतको ५० हजार रुपैंया लिएका छन् । उनीहरुमध्ये ८६ हजार १७९ ले दोस्रो किस्ता वापतको १ लाख ५० हजार र ७९ हजार ९८७ जनाले तेस्रो किस्ता वापतको ५० हजार गरी अनुदान बापतको पुनै ३ लाख रुपैंया बुझिसकेका छन् । पहिलो किस्ता लिएका तर घर निर्माण नगरेका एक सय ३८ लाभग्राहीले भने सो रकम समेत फिर्ता गरेका छन् । जिल्लाभर आवास निर्माणका लागि कतै सुरक्षीत जग्गा नभएका नौ सय २० लाभग्राहीमध्ये तीन सय ९४ लाभग्राहीले घडेरी खरिदको लागि बढीमा दुइ लाख रुपैंया सम्म प्राप्त गरेको कार्यालयको तथ्याङ्क छ ।

त्यस्तै कतै जग्गा नभएका एक सय ७७ लाभग्राही मध्ये ८२ लाभग्राहीले घडेरी खरिदको लागि बढीमा दुइ लाख रुपैंयासम्म प्राप्त गरेका छन् । त्यसैगरि कार्यालय मार्फत १५ वटा गुम्बा निर्माण काम भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

  • लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

  • जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

  • घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    घरमै सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    जुगलमा सहिद तथा विपन्न परिवारको निशुल्क जीवन बिमा

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0