स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२६ बैशाख, चौतारा ।
ह्याम्स अस्पताल काठमाडौंले सिन्धुपाल्चोकका नागरिकको निशुल्क कोरोना परिक्षण गर्ने भएको छ । सिन्धुपाल्चोक जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले गरको आज गरेको निर्णय अनुसार अस्पतालले सिन्धुपाल्चोकमा संकलन भएका नमुनाको निशुल्क परिक्षण गर्ने भएको हो ।
यसअघि सिन्धुबासिको स्वाबको नमुना प्रदेशले तोकेको धुलिखेल अस्पतालमा परिक्षण भईरहेको थियो । धुलिखेलमा परिक्षण गर्दा धेरै समय लाग्ने र सरकारि मापदण्ड अनुसारको मात्रै परिक्षण हुँदा कम संख्यामा मात्रै नमुना परिक्षण हुँदै आएको थियो । ‘ अब भने हामी फराकिलो दायरामा रहेर नमुना परिक्षण गर्न सक्छौं ‘ बैठकमा सहभागी एक सदस्यले भने-‘ जसले गर्दा जिल्लामा इच्छुक धेरेेको नमुना परिक्षण गर्न सकिन्छ ।’
यससँगै जिल्लामा कन्ट्याक्ट् ट्रेसिङमा परेका तथा जोखिममा रहेका व्यक्तिहरुको स्वाब नमुना संकलन तथा परिक्षण गर्न सहज हुनेछ । नमुना संकलज गर्नको लागि स्वास्थ्यकर्मी समेत अस्पतालबाट नै सिन्धुपाल्चोक आउनेछन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८