स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२६ बैशाख, चौतारा ।सिन्धुपाल्चोक जिल्लाको कन्ट्याक ट्रेसिङ तथा कोभिड १९ विरामि व्यवस्थापनको लागि सम्पर्क व्यक्ति तोकेको छ । स्वास्थ्य कार्यालय चौतारा, चौतारा अस्पताल सहित जिल्लाका १२ वटै स्थानिय तहका लागि सम्पर्क व्यक्ति तोकेको हो ।
सुचि अनसार जिल्ला तहमा सहजिकरणका लागि स्वास्थ्य कार्यालय, चौताराका प्रमुख दुर्गादत्त चापागाईं सहित, पशुपति खनाल र भोलानाथ न्यौपाने सम्पर्क व्यक्ति रहेका छन् । त्यस्तै चौतारा अस्पतालको तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डा. करुणा बज्राचार्य सहित डा. रोजिस तिमल्सेना र डा. सविन कोइराला रहेका छन् । त्यस्तै जिल्लाका १२ वटै स्थानिय तहका लागि समेत स्वास्थ्य शाखा प्रमुख सहित विभिन्न व्यक्तिलाई सम्पर्क व्यक्ति तोकेको छ ।
‘होम आइसोलेशनमा बसेका तथा आफुलाइ कोरोनाको शंका लागेका व्यक्तिले कसलाई सम्पर्क गर्ने भन्ने अन्यौलता रहेको पाईयो ।’ स्वास्थ कार्यालय, चौताराका प्रमुख एवं जिल्ला सम्पर्क व्यक्ति दुर्गादत्त चापागाईंले भने -‘अब भने सम्पर्क व्यक्ति मार्फत आँउला हामीलाई सहजिकरण गर्न समेत सजिलो हुनेछ ।’
हेर्नुस् सुचि
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८