स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२७ बैशाख, चौतारा ।
नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकले कोभिड १९ को मारमा परेका पत्रकारलाई लक्षीत गरी पत्रकार राहत कोष स्थापना गरेको छ । कोभिड १९ संक्रमणमा परेका शाखाका सदस्यलाई सहयता गर्ने उद्देश्यले सो कोष स्थापना गरिएको हो ।
सो कोष नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले नै सञ्चालन गर्नेछ । जिल्ला शाखाका सदस्य तथा जिल्लामा क्रियाशिल पत्रकारहरु कोभिड १९ को संक्रमणमा परेमा सो कोषबाट आर्थिक सहायता प्रदान गरिनेछ । ‘कोषमा हालसम्म एक लाख रुपैंया संकलन भइसकेको छ ।’ पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जिवन श्रेष्ठले भने —‘हामी सबैलाई सो कोषमा आर्थीक सहयोग गर्न समेत सबै सहृदयी महानुभावहरुलाई आह्वान गर्दछौं ।’
कोषमा प्राप्त रकमको आधारमा कार्यविधि बनाएर पीडित पत्रकारहरुलाई आर्थिक सहयोग गरिनेछ । यस सहयोगबाट पीडामा परेका पत्रकारलाई सो पीडाबाट उम्कन केही राहत पुग्ने महासंघले विश्वास लिएको छ ।
सो कोषमा सहयोग गर्न चाहनेले नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकको मेगा बैंक लिमिटेड, चौतारा शाखाको खाता नं. ०१४००६०००३७२२ मा रकम जम्मा गर्न सक्ने महासंघले जनाएको छ । सिन्धुपाल्चोकमा कोभिड १९ को दोस्रो लहरमा एक जना पत्रकारलाई कोभिड संक्रमण भइसकेको छ । पहिलो चरणमा पनि दर्जनबढी पत्रकारलाई कोभिड संक्रमण भइसकेको छ ।
Mega Bank, Chautara
AC No – 0140060003722
federation of Nepali journalists, Chautara
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।